काठमाण्डौ । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ सोमबार बिहान बाँडफाँड हुने भएको छ । 

Akhirdola Microfinance Financial Institutions Limited

निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको मुख्य कार्यालयमा एक समारोहका बीच आइपीओ बाँडफाँड हुने भएको हो । 

यो कम्पनीले असार २२ गतेदेखि २५ गतेसम्म ४ लाख कित्ता साधारण सेयर निश्कासन गरेको थियो । आइपीओमा कुल ३ लाख ८ हजार ४१४ आवेदकबाट ५४ लाख ५७ हजार ३४० कित्ता खरीदका लागि आवेदन परेको थियो । 

कुल निश्कासित कित्तामध्ये सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता सुरक्षित गरिएको छ । यसको अर्थ १० कित्ताको दरले कुल आवेदकमध्ये ३७ हजार ५०० भाग्यमानीले मात्र सेयर पाउनेछन् । २ लाख ७० हजार बढी आवेदकको हात रित्तो हुनेछ । 

स्याङ्जाको भीरकोट–१ बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्तले कुल आईपीओमध्ये कम्पनीका कर्मचारीहरुका लागि ५ हजार कित्ता तथा सामूहिक लगानी कोषका लागि २० हजार कित्ता सेयर छुट्याएको छ । 

यो वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँमा गरी जम्मा हाल १९ वटा जिल्लामा बिस्तार गरिसकेको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...