1478958692 banner ad format

 
 

काठमाडौँ । मुलुकको पहिलो निजी क्षेत्रको जलविद्युत् कम्पनी अरुणभ्याली हाइड्रो पावर लिमिटेडको आज सम्पन्न २०औँ साधारणसभाले सेयर धनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । 

arun valley hydropower

कम्पनीको यहाँ आज सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७३÷७४ मा प्राप्त गरेको मुनाफाबाट लाभांश प्रदान गर्न लागेको कम्पनीका कार्यकारी अध्यक्ष रमेशप्रसाद न्यौपानेले जानकारी दिए । 

यस्तै साधारणसभाले कम्पनीका नयाँ सञ्चालकमा जीवनराज शाक्य, रमेशप्रसाद न्यौपाने, पूजा दाहाल न्यौपाने, विवेक तातेड र मिलन खड्कालाई सर्वसम्मतरुपमा चयन गरेको छ । 

बीस वर्ष लामो जलविद्युत्को विकासमा लागेको कम्पनीले पाँचथर याङवरक गाउँपालिकामा निर्माण भइरहेको काबेली बी–१ जलविद्युत् आयोजनाको टेलरेसको पानी उपयोग गरी १० मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजना निर्माण शुरु गर्न लागेको छ । 

यस्तै सोलुुखुुम्बुु जिल्लाको बुुदुुम खोलाबाट ११.८ मेगावाट क्षमताको अर्को आयोजना निर्माणका लागि अध्ययन शुरु गरेको सो अवसरमा जानकारी दिइयो । 

यस्तै काबेली बी एक नामक २५ मेगावाट क्षमताको अर्को आयोजना आगामी चैतभित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी गरेको छ । 

नेपालका जलविद्युत् कम्पनीमध्ये हरेक वर्ष पहिलो वार्षिक साधारणसभा गर्ने र कम्पनीको हिसाब किताब सर्वसाधारणका लागि सार्वजनिक गर्ने पहिलो कम्पनी रहेको कार्यकारी अध्यक्ष न्यौपानेले दाबी गरे । 

कम्पनीले इञ्जिनियरिङमा अध्ययनरत विद्यार्थीलाई अभ्यास अध्ययन र अध्ययनपश्चात् रोजगारीको अवसरसमेत प्रदान गरिरहेको छ । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews News Of Nepal drkc

    डा. केसीले आज अनसन तोड्ने !

    सरकारी टोलीसँग पाँच बुँदे सहमति भएपछि छ दिनदेखि आमरण अनसनमा बसेका बसेको डा. गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् । केसीलाई अन ...

  • Kantipathnews News Of Nepal appartment

    गरिबका लागि बनेका अपार्टमेन्ट प्रयोगविहीन

    सरकारले सहरी गरिब तथा न्यून आय भएका परिवारका लागि १२ करोडभन्दा धेरै खर्चेर काठमाडौंको इचंगुनारायणमा बनाएका अपार्टमेन्ट प्रयोगविहीन ...

  • Kantipathnews News Of Nepal bam-karyadal-mapdand

    मुख्य मन्त्रीमा क-कसको दाबी ?

    वाम गठबन्धनको कार्यदलले प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँटको मापदण्ड तय गरेको छ। कार्यदलले स्थानीय र ...

yummyfood