annapurna add

ipo chnasdra

चन्द्रागिरी हिल्सको आइपिओ शुक्रबार (माघ ९ गते) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका कै कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँड हुनेछ । कम्पनीको आइपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । त्यसमध्ये ४५ हजार ६ सय ३१ वटा आवेदन रद्द भएर १२ लाख ११ हजार १ सय १५ वटा मात्रै योग्य भएका छन् ।

चन्द्रागिरी हिल्सले पुस २४ गतेबाट २८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपिओ निष्काशन गरेको थियो ।

यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको १३ लाख ९६ हजार २२ कित्तालाई आधार मान्दा १ लाख ३९ हजार ६ सय २ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १० लाख ७१ हजार ५१३ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार