tealaya add

घोडीघोडा लघुवित्तले निष्काशन गरेको आईपिओमा झन्डै ४० गुणा बढीको आवेदन परेको छ ।

IPO min

आवेदन दिने अन्तिम दिन आज  मंगलबार बेलुका ५ः३० सम्ममा कम्पनीको आईपिओमा २ लाख ९० हजार १ सय ५१ आवेदकबाट ४९ लाख ७५ हजार १ सय ७० त्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । यो माग भन्दा ३९.९३ गुणा बढी हो । आवेदन भेरिफाई हुने क्रम मै रहेकोले यो संख्या केहि तल माथि हुन् सक्ने क्यापिटलले जनाएको छ  ।  खुलेको ३७ मिनेट मै कम्पनीको आईपिओ पुरै बिक्रि भएको थियो । 

घोडीघोडा लघुवित्तले असार २० गते देखि आईपिओ निष्काशन गरेको हो ।  कम्पनीले १ करोड ३२ लाख ६० हजार बराबरको १ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १३८० कित्ता शेयर कर्मचारीलाई र ६६ सय ३० सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकि रहेको १ लाख २४ हजार ५ सय ९० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन ।

लघुवित्तको आईपिओमा माग भन्दा धेरै गुणा आवेदन परेकोले गोलाप्रथाबाट १२ हजार ४ सय ५९ जनाले मात्र  १० कित्ताको दरले शेयर पाउने छन् । यस हिसाबमा करिब पौने ३ लाख आवेदन हात खाली हुने छन् । 

कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र सुर्खेत गरी १० जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । हाल कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्तापूँजी १ करोड १० लाख ५० हजार रहेको छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर