Hidden
ग्लोबल आईएमई लघुवित्तले हकप्रद निष्काशन गर्ने
काठमाण्डाैँ - साउन २१ गतेदेखि ग्लोबल आईएमई लघुवित्तले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले १:१ को अनुपातमा शत प्रतिशतको दरले ११ करोड ४ लाख ५७ हजार ५ सय बराबरको ११ लाख ४ हजार ५७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले साउन १ गते बुक क्लोज गरी हकप्रद निष्काशन गर्ने निर्णय गरेको बताइएकाे छ । यस हिसाबमा असार ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । हकप्रद भर्ने म्याद साउन २३ गतेसम्म रहेको छ ।
हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ४ लाख रहेकोमा शतप्रतिशत हकप्रद पश्चात कम्पनीको पुंजी २२ करोड ८ लाख पुग्ने छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...