1478958692 banner ad format

 
 

काठमाडौँ -साताको अन्तिम दिन आज बिहिबार बजार परिसूचक नेप्सेमा सुधार आएको छ । आज नेप्से सूचक ५.१० ले बढेर १५८९.५९ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५१ कम्पनीका ११ लाख १८ हजार ७ सय ५९ कित्ता शेयर खरिद बिक्रिबाट ६७ करोड ३८ लाख ६८ हजार ३२ रुपियाँको कारोबार भएको छ ।

share market 1

आज एभरेस्ट बैंक लिमिटेडको सबै भन्दा धेरै ६ करोड २१ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक , एभरेस्ट इन्स्योरेन्स ,जनता बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरु रहेका छन् ।

आज सेन्ट्रल फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । भक्तपुर फाइनान्ससंग मर्जमा गएपछि पहिलो पटक सेन्ट्रलको कारोबार सुचारु भएको हो ।

प्रकासित मिति

Loading...

 

yummyfood