काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २० लाख ७४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजी बराबरको सेयर सूचीकृत गराएको हो । यसमा जेठ १३ देखि १६ गतेसम्म बिक्री गरिएको ६ लाख ४० हजार ३०० कित्ता आइपीओ पनि समावेश भएको छ ।

Infinity Microfinance

उक्त आइपीओमा ६२ हजार ९९३ जना लगानीकर्ताले १० कित्ताको दरले सेयर पाएका छन् । नेप्सेमा इन्फिनिटीको सेयर कारोबार सोमबारदेखि खुल्नेछ । इन्फिनिटीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १९ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

इन्फिनिटीले प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको अन्त्यसम्म १८ रुपैयाँ र आगामी वर्ष २७ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । चालु आवको अन्त्यसम्ममा यसको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसा र आगामी वर्ष १२४ रुपैयाँ २९ पैसा पुग्ने प्रक्षेपण छ ।

तेस्तै नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले १५.८९% बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १५.८९% बोनस दिने निर्णय गरेको हो । बैंकले बोनसमा लाग्ने कर तिर्न ०.८३% नगद लाभांश पनि दिने भएको छ ।

एनसीसी बैंकको हाल चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ८ अर्ब १३ करोड ३८ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

यो पनि पढ्नुहोस : नेप्सेमा यो साता ६ लाख ३८ हजार कित्ता बोनस शेयर सूचिकृत

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर