IPO sabaiko laghubitta bitttya santha

काठमाडौँ - पहिलो पटक चार जलबिद्युत कम्पनीलाई बिद्युत नियमन आयोगले प्राथमिक सेयर (आइपीओ) निष्काशनको अनुमति दिएको छ।

अनुमति पाउनेमा लिबर्टी इनर्जी कम्पनी लिमिटेड, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड, युनाइटेड इदिमर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेड रहेको आयोगले जनाएको छ। 

आयोगका अनुसार साउन ९ गतेको आयोगको बैठकले यी चार जलबिद्युत कम्पनीलाई आइपीओ निष्काशनको अनुमति दिने निर्णय गरेको हो।  

आयोगबाट स्वीकृति पाएका यी कम्पनीहरुले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमती प्राप्त गर्नुपर्ने हुन्छ। बोर्डले स्वीकृति दिएपछि मात्र आईपीओ निष्कासन गर्न पाउनेछन् ।  

४ कम्पनीले कुल १ अर्ब २२ करोड ३२ लाख ४५ हजार ४०० रुपैयाँ बराबरको १ करोड २२ लाख ३२ हजार ४५४ कित्ता आईपीओ निष्कासन गर्ने  छन।

आयोगले स्वीकृति दिएपछि मात्र आईपीओको आवेदन लिने व्यवस्था भएपछि जलविद्युत् कम्पनीले आयोगमा धमाधम आईपीओ निष्कासनको अनुमतिको लागि निबेदन दिन थालेका छन। ५० प्रतिशत भौतिक प्रगति भएका आयोजनालाई मात्र आयोगबाट आईपीओ निष्कासन गर्न अनुमति पाउनेछन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...