Janardan Sharma
काठमाडौं । 

आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेता शर्माले संविधान हुँदाहुँदै यसबाट बाहिर गएर निर्ममतापूर्वक पौडेलको हत्या हुनु खेदजनक रहेको भन्दै उनले गम्भीर आपत्ती जनाएका हुन् ।

उनले भने,’ निर्ममता ढंगले हात खुट्टा छियाछिया पारेर हत्या गरिएको भन्ने सुन्नमा आएको छ । मलाई त्यो बेला धनमायाको हत्याको आद आयो।’ पञ्‍चायतकालमा बर्बरतापूर्वक हत्या भएको याद आयो ।’ शर्माले यस्तो प्रवृत्तिलाई बेलैमा कारबाही नगर्दा परिवर्तित व्यवस्थाप्रति नै प्रश्न उठने सक्ने बताए । नेता शर्माले निलम्बित सांसद रेशम चौधरीलाई नेल लगाएर उपचार गरेकोमा पनि आपत्ती जनाए ।

उनले भने, ‘यी जुन घटना भइरहेका छन् यसलाई संघीय गणतन्त्रसँग जोडेर मास भड्काउने काम भइरहेको छ । यसमा सरकारको ध्यान जाओस् ।’,

पुर्व गृहमन्त्री समेत रहेका शर्माले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीलाई तत्काल बोलाएर पौडेलको हत्या विषयमा जवाफ माग्नुपर्ने माग गरे । नेता पौडेलको गत साता सर्लाहीको लालबन्दीमा प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो ।

यस्तै, बैठककमा काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडु र डीला संग्रौलाले सरकारका काम कारवाहीले गणतन्त्रप्रति नै जनताको विश्वास घट्न थालेको बताए ।

‘सरकार जनताको मन छुने काम गर्न भन्दा पनि जनतालाई आघात पुग्ने निर्णय गर्न थालेको छ । यसले कसैलाई फाइदा पुग्दैन,’ बडु र संग्रौलाको भनाई छ ।

समितिमा सर्लाही घटनाबारे भएको छलफलपछि समिति सभापति शशी श्रेष्ठले घटनाबारे सत्यतथ्य जानकारी गराउन सोमबार गृहमन्त्री रामबहादुर थापा बादललाई समितिमा बोलाउने जानकारी दिइन् ।

यो घटनामा प्रहरीले इन्काउन्टरमा पौडेलको मृत्यु भएको भनेपनि इन्काउन्टर नभई समातेर गोली हानिएको भन्दै त्यसको विरोध भइरहेको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा समेत घटनाबारे सत्यतथ्य सदनलाई जानकारी गराउन सत्तारुढ दल र प्रतिपक्षका सांसदहरुले माग गरेका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर