Kalika laghaubittaकालिका लघुवित्तको प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । संस्थाका ७१ वटा शाखा कार्यलयका शाखा प्रमुखहरुको उपस्थितिमा ३ दिने कार्यक्रम पोखरामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा पहिलो त्रैमासमा भएको प्रगति विवरण एवं समिक्षासँगै दोश्रो त्रैमासको लागि लक्ष्य निर्धारण गरिएको छ ।

औपचारिक रुपमा शुरु भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा कालिका लघुवित्त वित्तीय संस्थासँग मर्ज हुन लागेको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समिति अध्यक्ष विकास गौचन रहेका थिए ।

गौचनले कालिकासंग मर्ज भए पश्चात संस्थालाई नेपालको लघुवित्त क्षेत्रमा उत्कृष्ट र नमुनाको लघुवित्तको रुपमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

विशेष अतिथिको रुपमा रहेका संस्थाका अध्यक्ष कृष्ण खाँणले दुबै संस्थाको लागि यो एउटा सुवर्ण अवसर रहेको र यसमा सबैको सकारात्मक धारणा पाएको बताए । उनले सबैको जीत हुने तरिकाले मर्ज हुने र लघुवित्त संस्था मर्जमा सुनौलो इतिहास बनाउन सबैलाई आग्रह गरे ।

कार्यक्रमको लागि प्रभु लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सुर्या लाइफ इन्स्योरेन्सले सहयोग गरेको थियो भने शाखा प्रमुखहरुलाई बीमा सम्बन्धि तालिम पनि दिइएको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...