annapurna add

साताको अन्तिम दिन बिहिबार बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । तिब्र उतार चढाव देखिएको बिहिबारको बजारमा नेप्से ३ दशमलब ६८  अंकले करेक्सन भई १६५८ दशमलब ३४ को बिन्दुमा रोकिएको छ ।

 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार सूचक ३.६८ अंकले घटेर १६५८.३४ अंकमा झरेको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९८ अंकले घटेर ३५८.०३ अंकमा ओर्लिएको छ।
 

बिहीबार १४३ कम्पनीका १६ लाख ९६ हजार कित्ता शेयर एक अर्ब ३८ करोड रुपैयाँमा खरीद बिक्रि भए। सबैभन्दा धेरै प्रभु बैंकको शेयर खरीद बिक्रि भएको छ।बैंकको सात करोड ९७ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्रि भएको हो। कारोबार रकमकै आधारमा नेसनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा छ। इन्स्योरेन्सको सात करोड ६७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो।

Nepal Share Market News Nepse
 

बिहीबार कारोबारमा आएका आठ समुह मध्ये पाँच समूह घटेका छन्। बैंकिङ ६.३४, विकास बैंक ८.१३, जलबिद्युत २.३४, फाइनान्स ७.३५ र उत्पादन मुलक समूह ५.४६ अंकले घटेका हुन्। होटल ७.६९, बीमा ३३.७१ र अन्य उपसूचक ३.४७ अंकले बढेका छन्।
 

बिहिबार मिर्मिरे माइक्रोफाइनान्स र काबेली विकास बैंकका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् भने तिनाउ डेभलपमेन्ट बैंकका शेयर धनीले सबैभन्दा बढी करिब पाँच प्रतिशत गुमाएका छन् ।                

 

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर