1478958692 banner ad format

 
 

काठमाडौँ। केही दिन अघिदेखि घट्दो क्रममा रहेको सेयर बजार आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज शेयर बजार १३.६१ बिन्दुले घटेर एक हजार ५७५ मा पुगेको छ । 


Market share came down double digits


कुल १४३ कम्पनीको आठ लाख ४३ हजार ९१२ कित्ता सेयर रु ५९ करोड ३३ लाख ८८ हजार ९२ मा खरिद बिक्री भएको स्टकले जनाएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.९५ बिन्दुले घटेको छ । 

यस्तै, आज सबै समूहको सेयरसमेत घटेको छ । बैंकिङ समूह १७.४, होटल १८.३६, विकास बैंक १०.९३, जलविद्युत् ३१.२८, फाइनान्स ०.८५, बीमा १४.७४, उत्पादन ८.७३ र अन्य समूह १.७४ बिन्दुले घटेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood