1478958692 banner ad format

 
 

काठमाडौँ -साताको पहिलो दिन आज आइतबार बजारमा तिब्र उतार चढाव देखिएको छ। आज सार्बजनिक भएको मौद्रिक नीतिले बजारलाई असर गरेको छ । कारोबार अबधीमा बजार २० अंकसम्म घटेकोमा सम्हालिएर हरियो भएर बन्द भएको छ । 

 

आज नेप्से सूचक १.८७ अंकले बढेर १५८३.९८ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १४९ कम्पनीका २६ लाख ८२ हजार ७ सय कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब १२ करोड ३७ लाख २० हजार ४ सय २४ रुपियाँको कारोबार भएको छ । 

आज नेपाल लाइफ इन्स्योरेन्सको सर्बाधिक ९ करोड २७ लाखको कारोबार भएको छ । अन्य बढी कारोबार हुने कम्पनीहरुमा एनसीसी बैंक, एभरेस्ट इन्स्योरेन्स, सानिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये फाइनान्स र होटेल समुह बाहेकका सूचक घटेका छन् । 

आज फरवार्ड माइक्रोफाइनान्स र सेन्ट्रल फाईनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood