1478958692 banner ad format

 
 

काठमाडौँ -राष्ट्रिय बिमा कम्पनीले फर्दर पब्लिक अफरिङ, एफपीओ निष्काशनको बाटो खुला गरेको छ। तीन आर्थिक बर्षको साधारणसभा एकै पटक डाकेको कम्पनीको २९ औ साधारणसभाले ११४ प्रतिशत २२ दशमलब बोनस सेयर र एफपीओका लागि बिशेष साधारणसभा डाक्ने प्रस्ताब पारित गरेको हो। 

Nepali Economic News National Insurance Company

शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक बर्ष २०६०÷६१, २०६१÷६२ र २०६२÷६३ को कमाईबाट बोनस सेयर वितरण घोषणा गरेको हो। ११४ दशमलब २२ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २६ करोड ६६ लाख ३९ हजार पुग्ने छ।

राष्ट्रिय बिमा समितिको निर्देशन अनुसार बिमा कम्पनीले २०७५ असार मसान्तभित्र चुक्ता पुंजी १ अर्ब पुर्याउनु पर्ने छ। यसका लागि आज बसेको साधारणसभाले बिमा कम्पनीलाई एफपीओ निष्काशनको बाटो खुला गरेको छ। कम्पनीले एफपीओ निष्काशनका लागि छिट्टै बिशेष साधारणसभा डाक्ने भएको छ। 

राष्ट्रिय बिमा संस्थानबाट (तत्कालिन जिबन बिमा बिभाग) हस्तान्तरण भई आएको सेयर संरचना मध्ये बिमा कम्पनीमा नेपाल सरकार, नेपाल बैंक लिमिटेड, कर्मचारी संचय कोष गरि संस्थापक समूहमा ८० दशमलब ४६ प्रतिशत सेयर रहेको छ भने सर्वसाधारण तर्फको हिस्सा १९ दशमलब ५४ प्रतिशत रहेको छ। 

सर्वसाधारणसंग रहेको सेयर मध्य ७ दशमलब २४ प्रतिशत संस्थापक सेयर संस्थापक समूहमा नै रहने छ। कम्पनीले हाल कायम रहेको यस प्रकारको सेयर संरचनालाई नेपाल सरकारको निर्णय अनुसार संस्थापक समुह तर्फ ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत पुंजी कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो। 

प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएको सेयर पुंजी पुर्याउनका लागि एफपीओ जारि गर्ने कम्पनीको लक्ष्य रहेक छ। २०७५ असार मसान्तसम्म चुक्ता पुंजी १ अर्ब पुर्याउनका लागि क्रमश: बोनस सेयर जारि गरिंदै लगिने कम्पनीले जनाएको छ।    

पहिले राष्ट्रिय बिमा संस्थानले जिबन तथा निर्जिबन बिमाको कारोबार गर्दै आएको थियो। दुवै प्रकारको बिमाको कारोबार राष्ट्रिय बिमा संस्थानले  गर्दै आएकोमा निर्जिबन बिमाको काम छुट्टै कम्पनीबाट गर्ने उदेश्यले तत्कालिन निर्जिबन बिमा बिभागलाई नै राष्ट्रिय बिमा कम्पनीको रुपमा खडा गरिएको हो। 

सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थान (तत्कालिन जिबन बिमा बिभाग) र राष्ट्रिय बिमा कम्पनी (तत्कालिन निर्जिबन बिभाग) ले अलग अलग कम्पनीको रुपमा काम गर्न थालेपछि पहिलो पटक संयुक्त बार्षिक साधारणसभा डाकिएको हो। बिजपाटीबाट 

प्रकासित मिति

Loading...