nepal clearing house

नेपाल क्लियरिङ हाउसले आफ्ना सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर दिने भएको छ । संचालक समितिले प्रस्ताव गरेको बोनश सेयर पारित गर्न कम्पनीले कात्तिक २५ गते आठौँ वार्षिक साधारणसभा डाकेको छ । कर प्रयोजनको लागि कम्पनीले दुई प्रतिशत नगद लाभांश पनि दिनेछ ।

हाल क्लियरिङ हाउसको चुक्तापुँजी २१ करोड ६० लाख रुपैयाँ छ । ३८ प्रतिशत बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्तापुँजी २९ करोड ८० लाख रुपैयाँ पुग्नेछ भने अधिकृत पुँजस् ५० करोड रुपैयाँ पुग्नेछ ।

साधारणसभाले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनका साथै वर्तमान लेखापरीक्षक जोशी एण्ड भण्डारीलाई पुनः नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...