1478958692 banner ad format

 
 

पछिल्ला चार कारोबार दिनमा नेप्से परिसूचक झन्डै सय अंकले घटेर १ हजार ६ सय नजिक पुगेको छ । गत मंगलबार १७ सय ९ मा रहेको नेप्से यो मंगलबार १६ सय १२.०४ विन्दुमा छ । 

Nepse

अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से करिब साढे ३९ अंकले घटेको हो । उत्पादन तथा प्रशोधनबाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको थियो । नेप्से घटेपछि ‘क’ वर्गका कम्पनीको सेयर करोबार मापक सेन्सेटिभ परिसूचक २.५४ प्रतिशत र व्यापारमा आएका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक २.४६ प्रतिशतले घटे । 

अघिल्लो साता उच्च अंकले बढेको नेप्से साताको सुरुदेखि नै उच्च दरले ओरालो लागेको छ । मधेसी मोर्चाले चुनाव बहिष्कार गर्ने चेतावनी दिएपछि देशमा चुनाव हुने नहुने अनिश्चितता झनै बढेको, बैंकहरूले ब्याजदर बढाएको, बढेको बजारमा लगानीकर्ताले मुनाफा सुरक्षित गर्न लागेको लगायत कारण पछिल्ला दिनहरूमा नेप्से घटदो क्रममा रहेको विश्लेषकहरू बताउँछन् ।  उक्त दिन जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी ३.५७ प्रतिशत घट्यो । 

यसैगरी बैंकिङ समूहको परिसूचक २.८७, होटल र बिमाको समान दर (२.१६ प्रतिशत), ‘अन्य’ को ०.८९ र वित्त कम्पनीको ०.२६ प्रतिशत घटे । तर, उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने ०.४२ प्रतिशत सकारात्मक रह्यो । 

१ सय ३२ कम्पनीको सेयर कारोबार भएकामा २५ कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ८ कम्पनीको घट्यो र ९ कम्पनीको सेयर मूल्य स्थिर छ । 

नेप्से घटे पनि कारोबार रकम बढेर १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । योसँगै सेयर बजारको आकार (बजार पुँजीकरण) साँघुरिएर १८ खर्ब ५३ रुपैयाँ कायम भएको छ । करिब १ हजार २ सय कारोबारबाट २२ लाख ९ हजार ९ सय ३१ कित्ता सेयर खरिदबिक्री भए । 

प्रकासित मिति

Loading...