annapurna add

121 1शेयर बजारमा परिसूचक नेप्से ६ प्रतिशतले बढ्दा आइतबारका लागि कारोबार स्थगित भएको छ। आइतबार १ सय ११ कम्पनीको ६ करोड २५ लाख ६६ हजार रुपैयाँ बराबरको १ लाख ८० हजार ५ सय ९६ कित्ता शेयर खरिद विक्री भएको छ। बजार खुलेको एक घण्टा आठ मिनेटमा परिसूचक नेप्से ६ दशमलव शून्य चार प्रतिशत अर्थात ८४ दशमलव २६ अंकले बढ्दा तेस्रोपटक सर्किट लागेर कारोबार स्थगित भएको हो। बजार खुलेको छ मिनेटमा ४ प्रतिशतले नेप्समा वृद्धि हुँदा पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि ११ बजेर २७ मिनेटमा खुलेको बजार ३७ सेकेन्ड कारोबार हुँदा ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लाग्दा ४० मिनेटका लागि कारोबार स्थागित भएको थियो।

तेस्रो पटक कारोबार खुल्लेको केही सेकेन्ड मै पुनः ६ दशमलव शुन्य चार प्रतिशतको वृद्धि हुँदा शेयर कारोबार आइतबारका लागि स्थगित भएको हो। नेप्से परिसूचक १ हजार ४ सय ७९ दशमलव शुन्य ३ अंकमा बन्द भएको छ। सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ८९ प्रतिशत अर्थात १७ दशमलव ३९ प्रतिशतले बढेर ३ सय १२ दशमलव ४४ अंकमा बन्द भएको छ।

 

 

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर