Hidden
नेप्से दोहोरो अंकले बढ्यो
काठमाडौँ -आज बुधबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बुधबार बजार १३.६८ अंकले बढेर १६०८.११ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १४४ कम्पनीका ११ लाख ५३ हजार ४ सय ९४ कित्ता शेयर खरिद बिक्रिबाट ६७ करोड ९३ लाख ५४ हजार ७२ रुपियाँको कारोबार भएको छ ।
आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबै भन्दा धेरै ५ करोड ३९ को कारोबार भएको छ । अन्य बढी कारोबार हुनेहरुमा बैंक अफ काठमाडौँ, हिमालयन जनरल इन्स्योरेन्स , प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक रहेका छन् ।
आज कारोबारमा आएका उत्पादन समुह बाहेकका सूचक बढेका छन् ।
आज गरिन डेभलपमेन्ट बैंक, मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन डिस्टिलरी, कर्णाली डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...