Hidden
बजार परिसूचक नेप्से ३.८० अंकले घट्यो
काठमाडौँ -साताको अन्तिम दिन बिहिबार बजार परिसूचक नेप्से ३.८० अंकले घटेर १६०४.३१ को बिन्दुमा रोकिएको छ । आज कारोबारमा आएका १४७ कम्पनीका ११ लाख ९२ हजार ९ सय ५८ कित्ता शेयर खरिद बिक्रिबाट ६४ करोड ९१ लाख ७ हजार ४ सय ४६ रुपियाँको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै एसियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको ६ करोड २३ लाख बराबरको कारोबार भएको छ । अन्य बह्दी कारोबार हुनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, बैंक अफ काठमाडौँ लगायतका रहेका छन् ।
आज युनाईटेड मोदी हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका समुहगत सूचक मध्ये हाइड्रो र उत्पादन समुह बाहेकका सूचक घटेका छन् ।
प्रकासित मिति
Loading...
Loading...
Loading...