काठमाडौं। आर्थिक वर्ष सुरु भएको पहिलो दिन एका एक दोहोरो अंकले सुधार देखिएको बजार बिहीबार २.३७ अंकले घटेको छ।

NEPSE today

सूचीकृत कम्पनीले केही दिनभित्रमा गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने र उनीहरुले कति प्रतिशतसम्म लाभांश बाँड्न सक्छन् भन्ने आँकलन हुँदा बजार सुधार हुने अपेक्षा गरिएको थियो।

सिडिएससीले साउन एक गतेदेखि पूँजीगत लाभकर गणना गर्दा  लगानीकर्ता आफैँले आफुले खरिद गरेको शेयर मूल्य बताउनुपर्ने झण्झटिलो नियम बनाउँदा लगानीकर्ता अन्योलमा परेको शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले बताए।

अहिलेको अनलाइन प्रविधिमा लगानीकर्ता ब्रोकरको मा पुनः जानुपर्ने नियम सान्दर्भिक नभएको उनले बताए।

यस अगाडि सरोकारवाला निकायले पूँजीगत लाभकर गणना गर्दा २०७२ साल पुस मसान्तको मूल्यलाई आधार मूल्य मान्ने संझौता भए पनि यसको कार्यान्वयन नभएको उनले जानकारी दिए।

२०७२ साल माघदेखिको कारोबारलाई सिडिएससीले सजिलै हेर्न सक्ने अवस्था भएपनि ब्रोकरले लगानीकर्तालाई आफुले खरिद गरेको मूल्यको प्रमाणसहित आउन भन्नु असान्दर्भिक भएको अर्यालले बताए। ब्रोकरले आफु बच्ने बहानामा लगानीकर्तालाई अन्योलमा पारेको उनले बताए।

बिहीबार विषयले शेयर बजारलाई असर पारेको हो। बजार ०.१९ प्रतिशतले घटेर १२७२.४९ अंकमा रोकिएको छ। कारोबार सुरु भएको दुई घण्टसम्म बजार लगातार बढिरहेको भएतापनि एक बजेपछि बजार नकारात्मक हुँदा बजार घटेर रोकिएको हो।

बजार ओरालो झरे पनि ४१ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ।

सबैभन्दा धेरै छिमेक लघुवित्तको संस्थापक शेयर ५ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। दोस्रोमा शिवम सिमेन्टको दुई करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ।

उत्पादन तथा प्रशोधन, फाइनान्स र माइक्रोफाइनान्सको शेयर बढे पनि बाँकी सूचक ओरालो झरेको छ। नेपाल हाइड्रो डेभलपरको सबैभन्दा धेरै बढ्ने क्रममा सर्किट लागेको छ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...