tealaya add

Sabaiko Laghubitta Bittiya Sastha

नेपाल स्टक एक्चेन्ज नेप्सेमा सबैको लघुवित्तको कारोबार खुला भएको छ । कम्पनीको SABSL सिम्बलबाट कारोबार सुरु भएको हो । नेप्सेले कम्पनीको सुरुवाती कारोबारको लागि १००.८८ देखि ३०२.६४ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ । 

अब नेप्सेले तोकेको प्रि ओपन सेसन अर्थात ११ बजे भन्दा पहिले नै  पहिलो कारोबार भएर मूल्य तोकिएपछि ११ बजेपछि कम्पनीको शेयरको नियमित कारोबार हुनेछ  । यदि प्रि ओपन सेसनमा कारोबार नभएर मूल्य कायम नभएमा अर्को दिन पुन प्रि ओपन सेसनमा शेयरको कारोबार गर्नु पर्ने छ  । तोकिएको रेन्ज भित्रको जुन सुकै मूल्यमा पहिलो कारोबार हुन् सक्छ  । 

कम्पनीले साउन १ गते ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । बुधबार  लघुवित्तको १६ लाख ५० हजार कित्ता शेयर सुचिकृत भएको हो । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...