1478958692 banner ad format

 
 

सानिमा माइ हाइड्रोपावर लिमिटेडले शत प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले कम्पनिलाई एक अर्ब रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । सानिमा माई हाइड्रोले दुई महत्त्वपूर्ण आयोजना निर्माणका लागि शतप्रतिशत हकप्रद बिक्रि गर्ने प्रक्रिया अघि बढाएको हो। 

sanima mai hydro min

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले १ अर्ब ५ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद निष्काशनको अनुमति पाएको हो। कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

८२ मेगावाट क्षमताको दुई आयोजना निर्माण प्रक्रिया अघि बढाउन हकप्रद निष्काशन गर्न लागेको सानिमा माइ हाइड्रोले जनाएको छ। कम्पनीले २८ मेगावाटको तल्लो लिखु र ५४ मेगावाटको मध्य तमोर आयोजना बनाउनका लागि आवश्यक पुंजी जुटाउन हकप्रद बिक्रि गर्न लागेको जनाएको छ। 

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम २६ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ। सानीमा माईले चालु आर्थिक बर्षको दोस्रो त्रमासमा २५ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।   हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब १० करोड पुग्ने छ ।

प्रकासित मिति

Loading...

 

yummyfood