1478958692 banner ad format

 
 

काठमाडौं –नयाँ साल सुरु भएपछि दुई दिन निरन्तर ओरालो लागेको पुँजी वजार बुधबार भने करिव ५० अंकले उक्लिएको छ । साताको पहिलो दिन आइतबार र मंगलबार लगातार उच्च अंकले ओरालो लागेको वजार आज भने ४९.९८ अंकले बढेको हो । आज वजार एक हजार ६ सय ६२.०२ अंकमा पुगेको छ ।
एक सय ४२ कम्पनीको १८ लाख २ हजार ४ सय ७३ कित्ता सेयर किनवेचवाट एक अर्ब ७ करोड १४ लाख २८ हजार ९ सय ६८ रुपैयाँको कारोवार भएको आज वजार ३.१० प्रतिशतले बढेको हो । आज बैंकिङ समूहको सूचक ४९.२ अंकले बढेको छ भने होटल समूहको सूचक ८७.२९ र विकास बैंक समूहको सूचक ६९.५७ अंकले वढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 


यस्तै, आज जलविद्युत समूहको सूचक ६८.६१, वित्त समूहको सूचक १७.७१, बीमा समूहको सूचक २९२.६७ र उत्पादनमुलक समूहको सूचक ९.४३ अंकले वढेको छ । अन्य समूहको सूचक भने आज १.१६ अंकले घटेको छ ।


मंगलबार बजार ३९.५७ अंकले झरेर एक हजार ६ सय १२.०४ अंकमा थामिएको थियो । एक सय ४२ कम्पनीको २२ लाख ९ हजार ९ सय ३१ कित्ता सेयर किनवेच भएको सो दिन एक अर्ब ५० करोड ९४ लाख ८८ हजार ८ सय २८ रुपैयाँको कारोवार भएको थियो । यस्तै, नयाँ साल सुरु भएपछि वजार खुलेको पहिलो दिन आइतबार ४५.५२ अंकले घटेको थियो ।

Nepal Share Market News Nepse

प्रकासित मिति

Loading...

 

yummyfood