Hidden
नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत
काठमाडौँ - आज बिहिबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत भएका छन् । आज नेप्सेमा जनता बैंक नेपाल लिमिटेड र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडको शेयर सुचिकृत भएका हुन् ।
आज जनता बैंकको २ करोड २७ लाख ६ हजार ६ सय ८१ दशमलव ६ कित्ता शेयर सुचिकृत भएको हो । जनता बैंक र सिद्दार्थ डेभलपमेन्ट बैंक मर्ज भएपछि सिद्दार्थ डेभलपमेन्ट बैंकका शेयरधनीले प्राप्त गर्ने शेयर सुचिकृत भएको हो । जनता र सिद्दार्थ डेभलपमेन्ट १:१ को स्वाप रेसियोमा मर्ज भएका हुन् ।
त्यस्तै आज नै जनउत्थान सामुदायिक लघुवित्तको ४० हजार कित्ता बोनस शेयर सुचिकृत भएको छ । शेयर सुचिकृत भएसंगै आगामी सातादेखि लगानीकर्ताले यी शेयर किनबेच गर्न सक्ने छन् ।
प्रकासित मिति
Loading...
Loading...
Loading...