tealaya add

Singati Dam Site minसिंगटी हाइड्रो इनर्जीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ४३ लाख ५० हजार कित्ता आइपीओ ल्याउन लागेको हो ।

सिंगटीको आइपीओमा मेगा क्यापिटल मार्केट्सले बिक्री प्रबन्धकको काम गर्नेछ । केयर रेटिङ नेपालले सिंगटीको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।

यस हाइड्रोपावर आयोजनाको कुल लागत ४ अर्ब ७५ करोड २ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावट लागत भने १९ करोड रुपैयाँ छ । हाल यस हाइड्रोले २५ मेगावटको आयोजना दोलखा जिल्लामा निर्माण गरिरहेको छ ।

आइपीओपछि कम्पनीमा पुँजीको संस्थापक र सर्वसाधारणको पुँजी संरचना ७०ः३० हुनेछ । सिंगटी हाइड्रो इनर्जी लिमिटेड २०१० मा स्थापना भएको कम्पनी हो । 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...