big merger kantipath

काठमाडौं। अषाढ २८  गते राष्ट्र बैकले अा.ब. ०७५/७६काे माैद्रिक निती सार्वजनिक गर्ने तयारी संगै लगानीकर्ता पनि चलमलाउन थालेका छन । देशमा बैकहरूको संख्या बढी भएको कारण देखाइ केन्द्रीय बैकले  बिग मर्जरको लागि सरोकार वाला संग छलफल तिब्र पारेको छ । 

यस्को प्रभाव शेयर बजारमा पनि देखिन थालेको छ । बिगत दूई दिन घटेको शेयर बजारमा तेस्रो दिन सुधार देखिएको छ। मंगलबार शेयर बजार ११.०२ अङ्कले बढेर १२५३.०६ अंकमा उक्लिएको छ। त्रैमासिक ब्याज भूक्तानी गर्ने समयमा मागमा चाप बढनु छिटो प्रतिफल प्राप्त गर्ने चाहानामा लगानीकर्ता जुटनै हो ।

ठूला बैंकहरुबीच हुने भनिएको मर्जरको विषयले प्राथमिकता पाउँदा शेयर बजारमा सकारात्मक प्रभाव परेको इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए।

उनका अनुसार मर्जरको विषयले गर्दा लगानीकर्ताको आकर्षण कमजोर बैंक वित्तीय संस्थाको शेयरमा देखिएको छ। लगानीकर्ताले बजारमा कमजोर ठानिएका कम्पनीको शेयरमा खरिद आदेश बढाएका छन्।

कमजोर ठानिएका बैंक वित्तीय संस्थाहरू राम्रा बैक सँग गाभिँदा भविष्यमा राम्रो प्रतिफल आउने आँकलन गर्दै उनीहरूले खरिद आदेश बढाएको ढकालले बताए।

असारको प्रभाव समेत बिस्तारै कम हुँदै गएको ढकालको विश्लेषण छ। उनका अनुसार लगानीकर्ताले असार मसान्तकोलागि रकम जोहो गर्ने क्रम बिस्तारै कम हुँदै गएको छ यसैकारण मंगलबार बजारमा सुधार देखिएको उनले बताए।

मंगलबार कारोबारको सुरुवाती चरणमा शेयर बजारमा खासै आकर्षण देखिएको थिएन। कारोबारको अढाई घण्टापछि एकाएक शेयर बजारमा सुधार देखिएको थियो। यसबाट कारोबार रकम समेत बढेको छ।

१७० कम्पनीका १४ लाख ६६ हजार कित्ता शेयर ४२ करोड ९४ लाख रुपैयाँमा खरिद बिक्री भए। सबैभन्दा बढी मेघा बैंकको चार करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भयो।

मेगा बैंक र ग्लोबल आइएमई बैंक एक आपसमा गाभिने खबरले मेगाको कारोबार बढेको ढकालको भनाइ छ। मेगापछि प्रभु बैंकको बढी कारोबार भयो। प्रभुको दुई करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

कारोबारमा आएका १२ समूहको शेयर कारोबारमा ९ समूहको उपसूचक बढ्यो। तीन समूहको उपसूचक घटेका छन्।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...