1478958692 banner ad format

 
 

काठमाडौँ। धितोपत्र बजारमा आज दुई पटक सर्किट ब्रेक लगाउनुपरेको छ । अत्याधिक रुपमा बजार बढेपछि नेपाल स्टक एक्सचेन्जले सर्किट ब्रेक लगाएको छ । 

Stock market

एक हजार ५८७ विन्दुबाट सुरु भएको कारोबार ७९.४७ विन्दुले बढेर एक हजार ६६७ मा पुगेको छ । अस्वाभाविक रुपमा बजार बढ्नुको पछाडि स्थानीय तहको निर्वाचनको सुनिश्चिता बढेको र ‘क्रेडिट क्रन्च’मा समेत सुधार भएपछि बजारमा उछाल आएको हो । 

कुल १३४ कम्पनीको १६ लाख ७५ हजार ३१८ कित्ता सेयर रु ९६ करोड ४२ लाख ४६ हजार ३२७ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ । ‘क’ वर्गका संस्थाको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १६.३८ विन्दुले परिवर्तन भएको छ । 

स्टकका अनुसार बैंकिङ ७०.६ प्रतिशत, होटल ८७.१३, विकास बैंक ८८.२९, जलविद्युत् ६८.९१, फाइनान्स १६.७५, बिमा ७३३.३७, उत्पादन समूह ३१.०९ र अन्य समूह ७.८१ प्रतिशतले वृद्धि भएको छ । आज बिमा समूहको सेयर कारोबार बढी भएको देखिएको छ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews News Of Nepal drkc

    डा. केसीले आज अनसन तोड्ने !

    सरकारी टोलीसँग पाँच बुँदे सहमति भएपछि छ दिनदेखि आमरण अनसनमा बसेका बसेको डा. गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् । केसीलाई अन ...

  • Kantipathnews News Of Nepal appartment

    गरिबका लागि बनेका अपार्टमेन्ट प्रयोगविहीन

    सरकारले सहरी गरिब तथा न्यून आय भएका परिवारका लागि १२ करोडभन्दा धेरै खर्चेर काठमाडौंको इचंगुनारायणमा बनाएका अपार्टमेन्ट प्रयोगविहीन ...

  • Kantipathnews News Of Nepal bam-karyadal-mapdand

    मुख्य मन्त्रीमा क-कसको दाबी ?

    वाम गठबन्धनको कार्यदलले प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँटको मापदण्ड तय गरेको छ। कार्यदलले स्थानीय र ...

yummyfood