1478958692 banner ad format

 
 

काठमाडौँ । विगत केही दिनदेखि उकालो लाग्दै आएको धितोपत्र बजार आज भने ओरालो लागेको छ । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार करिब पाँच अङ्कले ओरालो लागेर एक हजार ५८२ बिन्दुमा आइपुगेको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ०.८८ बिन्दुले घटेको छ । 

कुल १५० कम्पनीको २० लाख ४० हजार ७२८ कित्ता शेयर रु ७४ करोड ६४ लाख ७७ हजार एक मूल्यमा कारोबार भएको हो । स्टकका अनुसार अरु सबै समूहको शेयर कारोबारमा कमी आएको छ । 

अन्य समूह ११.८६ बिन्दुले उकालो लाग्दा बैंकिङ ४.७३, होटल ३४.३२, विकास बैंक ५.९७, जलविद्युत् ६.४२, फाइनान्स ७.०१, बिमा ५३.६७ र उत्पादन समूह ३४.४१ बिन्दुले घटेको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood