काठमाडौँ - महिला सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ३ लाख ७७ हजार ४ सय ५७ दशमलव ५ कित्ता संस्थापक सेयर मंगलबार (असार ३१ गते) देखि लिलामीमा आउने भएको छ । 

swablamban laghubitta pic

उक्त लिलामी शेयरमा स्वावलम्बनका संस्थापक सेयरधनीसहित अन्य योग्य व्यक्ति तथा संस्थाले आवेदन दिन पाउनेछन् ।

न्यूनतम प्रतिसेयर ३ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लिलामीमा साउन २९ गतेसम्म अपराह्न ३ बजेसम्म आवेदन दिन पाइने छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौंमा पुग्ने गरी बालपत्र पेश गर्नुपर्नेछ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...