tealaya add

काठमाडौँ -  युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । 

United Insurance Company Nepal Limited min

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार उक्त हकप्रद सेयरका लागि भदौ ३ गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सकिने छ ।

हकप्रद निष्काशनको लागि कम्पनीले साउन १४ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १३ गतेसम्म कायम लगानीकर्ताले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । सेयर निष्काशनको लागि एनएमबी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले असार ८ गते कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो  । लगानीकर्ताले असोज ६ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।  

बिमा समितिले तोकेको १ अर्ब पुंजी पुर्याउन कम्पनीले  हकप्रद निष्काशन गर्न लागेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी ३० करोड २४ लाख रहेकोमा २ सय ४० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्ने छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...

ताजा खबर