annapurna add

माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपिओ) चैत्रमा आउने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको दुई करोड ६४ लाख ७५ हजार कित्ता आईपिओ जारी गर्ने तयारी गरेको हो । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन चार सय ५६ मेगावाट क्षेमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागि सेयर जारी गर्न लागेको कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखावासीका लागि सेयर निष्कासन गरेपछि सर्वसाधारणका लागि जारी गर्नेछ । 

 

दोलखावासीका लागि १० प्रतिशतले हुन आउने एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरको एक करोड  पाँच लाख ९० हजार कित्ता सेयर निष्कासन गरिनेछ । बाँकी सेयर दोस्रो चरणमा सर्वसाधारणका  लागि  निष्काशन गरिनेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।      

न्यूनतम तीन हजारको ३० कित्तादेखि बढीमा ३० हजारको तीन सय कित्तासम्म खरिद गर्न सकिनेछ । सेयर खरिदका लागि जन्मेदेखि सबै दोलखाली सहभागी हुन सक्ने छन् । तर सबैको बैंक खाता अनिवार्य गरिने भएको छ । अपर तामाकोसीका लागि दोलखावासीले लगानी गर्नका लागि डिम्याट खाता स्वेच्छिक हुने भएको छ ।

यसअघि नै कर्मचारी संचयकर्ता, नेपाल विद्युत् प्राधिकरण र आयोजनामा कार्यरत कर्मचारी, ऋण लगानी गर्ने कर्मचारीहरूका लागि २ अर्ब ५४ करोड बराबरको सेयर जारी गरिसकेको छ । कम्पनीले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, दुरसञ्चार प्राधिकरण र राष्ट्रिय बीमा संस्थानबाट करिव २० अर्व रकम ऋण लिएको छ ।

आयोजनाबाट आउँदो २०७५ असारबाट पहिलो युनिन उत्पादन गरी २०१८ डिसेम्बरबाट व्यावसायिक उत्पादन गर्ने लक्ष्य राखिएको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी आयोजनाको गत पुससम्म ९४ प्रतिशत काम सम्पन्न भएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...