1478958692 banner ad format

 
 

भक्तपुर । अस्थायी शिक्षकको परीक्षाफल दशैं अघि सार्वजनिक नहुने पक्का भएको छ । गत असार २९ र ३० गते भएको परीक्षा पश्चात आयोगले दशैं अघि नतिजा सार्वजनिक गर्ने बताएको थियो ।

आयोगले हालसम्म सबै कापी परीक्षण नसकेको र परीक्षण पछि रुजु गर्ने, ईण्ट्रि गर्ने र पुन रुजु गर्ने प्रकृया हुने हुनाले आयोगलाई थप समय लागेको हो। साथै कर्मचारी सरुवा तथा खुल्ला प्रतिस्पर्धाको परीक्षा ब्यवस्थापन गर्नु परेकाले पनि नतिजा प्रकाशनको पूर्व योजना पुरा हुन नसकेको बताइएको छ ।

कूल २२ हजार ७६ पदका लागि भएको अस्थायी शिक्षकको परीक्षाको तिनै तहमा गरी २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको थियो । तर परीक्षामा २२ हजार २ सय ३५ जना सहभागी भएका थिए ।

प्रकासित मिति

Loading...

 

yummyfood