1478958692 banner ad format

 
 

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्बजनिक गरेको छ । 

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नियमिततर्फ तीन लाख ३२ हजार आठ सय ९१, अक्षराङ्कन पद्धतीमो आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार पाँच सय पाँच विद्यार्थीले परीक्षामा सहभागि भएका थिए । परीक्षा फारम भरेका मध्ये २० हजार अनुपस्थित भएका थिए ।

नियमिततर्फ जिपिए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् ।

जिपिए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९,

जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार पाँच सय १५

जिपिए २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१,

जिपिए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०

जिपिए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३

जिपिए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६

जिपिए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७

जिपिए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५

अंकाङ्कन पद्धतीमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । कक्षा ११ को परीक्षा गत ९ जेठमा सम्पन्न भएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood