1478958692 banner ad format

 
 

काठमाडौँ । मृत्युका धेरै कारण छन् । केहीबेर अघिसम्म स्वस्थ भनिएको मानिस केहीबेर पछी अकास्मात मरेको खबर पाईन्छ भने कस्तो होला ?

कुनै दुर्घटनाको कारण हुने मृत्युको कुरा फरक छ, तर आफ्नै स्वास्थ्य र आफ्नै सरिरको कुनै अंगले एक्कासि काम गर्न छाडेपछी हुने मृत्युलाई कसले रोक्न सक्ला ? यस्तै स्थिति हो हर्ट-अट्याक । त्यसमा पनि साइलेन्ट हर्ट-अट्याक खतरनाक छ ।

हर्ट-अट्याकका कारण मृत्यु हुनेहरु धेरै छन् तर पछिल्लो समय चर्चामा रहेका दुई हर्ट-अट्याकका घटनाले आम मानिसहरुमा ठूलो डर पैदा गरिदिएको छ । सनिबार मात्र भारतीय अभिनेत्री श्रीदेवीको साइलेन्ट हर्ट-अट्याकको कारण कसैले नसोचेको हर्ट-अट्याक भयो ।

त्यस्तै नेपालमै पनि केहि समय अघि चर्चित नेता तथा पुर्वप्रधानमन्त्री ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको हृदयघातकै कारण अकास्मात मृत्यु भयो । यी दुवै चर्चित घटनाले आम मानिसहरुमा हृदयघातबाट हुनसक्ने मृत्युको भय सृजना भएको छ । यस्तो हर्ट-अट्याक महिलामा भन्दा पुरुषमा बढी हुने गरेको छ ।

के हो साइलेन्ट हर्ट-अट्याक ?
साइलेन्ट हर्ट-अट्याकलाई साइलेन्ट मायोकार्डियल इन्फ्रेक्शन silent myocardial infarction (SMI) भनिन्छ । यस्तो हर्ट-अट्याक हुनु अघि छाती/मुटु दुखाईको महसुस हुँदैन, त्यसैले हर्ट-अट्याक हुँदैछ भन्ने थाहा हुँदैन । तर अरुनै लक्षणहरु भने थाहा पाउन सकिन्छ ।

साइलेन्ट हर्ट-अट्याकका ५ लक्षणहरु:

१. ग्यास्ट्रिक समस्या, पेटमा खराबी हुनु
२. बिना कारण अल्छीपन वा कमजोरी महसुस हुनु
३. थोरै काम गर्दा पनि थकाई लाग्नु
४. अचानक चिसो पसीना आउनु, गला वा पाखुरा दुख्नु
५. पटक-पटक स्वास फुल्ने , स्वास प्रस्वासमा समस्या हुनु

साइलेन्ट हर्ट-अट्याकका ५ कारणहरु:

१. धेरै ओएली (तेल), चिल्ला पदार्थ र प्रोसेस्ड फूड सेवन गर्नु
२. सारीरिक कसरत नगर्नु वा काम नगरी दिन व्यतित गर्नु
३. रक्सि तथा धुम्रपान सेवन गर्नु
४. डाइभिटीज र मोटोपन हुनु
५. कामको चाप बढ्नु तथा तनाव बढी हुनु

साइलेन्ट हर्ट-अट्याकबाट बच्ने ५ उपायहरु: 


१. डाइटमा सलाद, तरकारीहरु ज्यादा सेवन गर्ने ।
२. निरन्तर हिड्ने, सरिरलाई चलायमान बनाउने जस्ता काम गर्ने, सारीरिक व्यायाम गर्ने, योगहरु गर्ने ।
३. धुम्रपान तथा मध्यपानबाट टाढा रहने ।
४. खुसि रहने । तनाबमा नरहने ।
५. निरन्तर मेडिकल चेक-अप गराउने तथा उपचार गर्ने ।

प्रकासित मिति

Loading...

 

yummyfood