1478958692 banner ad format

 
 

काठमाडौं । सरकारले भदौ १४ र १५ गते दुइदिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विमस्टेकको चौथो शिखर सम्मेलन सुरक्षाको कारण देखाउँदै शिक्षा मन्त्रालयले दुर्इ दिन शिक्षण संस्था बन्द गर्न निर्देशन दिएको हो ।

शिक्षा मन्त्रालयको निर्देशनसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई विद्यालय बन्द गर्न परिपत्र गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्र पछि गृह मन्त्रालयबाट प्राप्त पत्रका आधारमा उक्त परिपत्र गरिएको संघीय मन्त्रालयले जनाएको छ  ।

notice about bida from federal ministry

’सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिहरुको आवगमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्धेश्यले भदौ १४ र १५ गते २ दिन काठमाडौं उपतयकाका विद्यालयहरुलाई स्थानीय तहमार्फत बिदा गर्न  र शिक्षण संस्थाका सवारी साधन समेत नचलाउने व्यवस्था गर्न शिक्षामन्त्रालयबाट मन्त्रीस्तरीय निर्णयभइ आएकाले सो अनुसार गर्न गराउन आदेशानुसार अनुरोध छ।’-  परिपत्रमा भनिएको छ ।
 

प्रकासित मिति

Loading...

 

yummyfood