1478958692 banner ad format

 
 

धनगढी । सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा विज्ञान संकायका विद्यार्थीहरुले भ्रमण जाने रकम निकासा नगरेको भन्दै तालाबन्दी तथा विभागिय प्रमुखको कुर्सी तोडफोड गरेका छन् ।

विद्यार्थीहरुलाई भ्रमण लैजाने पक्का पक्की गरिसके पछि विभागिय प्रमुखले प्रसासनबाट प्राप्त चेक दिन अटेरि गर्दा विद्यार्थीहरु आक्रोसित भएका हुन् ।

विज्ञान संकायका बिभागिय प्रमुख गोबिन्द ढुङ्गानाले मनोमानी गर्दै प्रसासनबाट प्राप्त चेक खल्तिमा बोकेर हिडेको आरोप लगाउदै चेतावनी स्वरुप मंगलबार कुर्सी मात्रै तोडफोड गरेर ताला लगाएका विद्यार्थीहरुले बताएका छन् । उनीहरुले बिभागिय प्रमुख ढुङ्गानाको तत्काल राजिनामा माग गरेका छन् ।

आफ्ना मागहरु पूरा नभए थप आन्दोलनमा जाने समेत विद्यार्थीहरुले चेतावनि दिएका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood