1478958692 banner ad format

 
 

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पारेर एक हजार भन्दा कम स्थानमा प्रवेश गरेको छ । सन् २०१८ को सर्वेक्षणपछि सार्वजनिक उक्त सर्वेक्षणमा त्रिवि ८ सय भन्दा माथि र १ हजार मुनि स्थानमा परेको जानकारी प्राप्त भएको हो ।

त्रिविवि यसअघि सन् २०१५ मा ४ हजार २ सय स्थानमा थियो । सन् २०१७ मा ३ हजार ८ सय ४१ स्थानमा रहेको थियो । विभिन्न निकायले गरेको अनुसन्धानमा त्रिविको स्थान फरक फरक देखिएको थियो । टाइम्स हाइयर एजुकेशनले त्रिविलाई पहिलो पटक सर्वेक्षण गरेको हो । विश्व प्रशिद्ध द टाइम्स हाइयर एजुकेशन गरेको सर्वेक्षणले त्रिविलाई उत्कृष्ठ विश्वविद्यालयको रुपमा वर्णन गरेको छ ।

संस्थाले रिक्वायरमेन्ट माग गरेको थियो । सो रिक्वायरमेन्ट पुरा गरेपछि शैक्षिक स्तरमा सुधार भएको त्रिविका योजना महाशाखा प्रमुख डा.ऋद्धिस पोखरेलले जानकारी दिनुभयो ।

सेप्टेम्बर २५ देखि २७ सम्म सिंगापुरमा सम्पन्न उच्चस्तरीय विश्वविद्यालयको सम्मेलनमा देशभरका विश्वविद्यालयको नतिजा सार्वजनिक गरिएको थियो । नतिजाअनुसार अमेरिकाको अस्फोर्ड युनिभर्सिटी पहिलो विश्वविद्यालय हो । दोस्रोमा क्याम्ब्रिज विश्वविद्यालय, तेस्रोमा स्ट्याण्डफोर्ड, चौँथोमा म्याच्युसेट्स इन्टिच्युट अफ टेक्नोलोजी, पाचौँमा क्यालिफोर्निया इन्टिच्युट अफ टेक्नोलोजी, विश्वविद्यालय छन् । यस्तै छैठौ स्थानमा हार्डभार्ड विश्वविद्यालय, सातौमा पिन्सटन्, आठौमा एले विश्वविद्यालय, नवौ स्थानमा इम्पेरियल कलेज लण्डन र दशौ स्थानमा युनिभर्सिटी अफ सिकागो रहेका छन् ।

उत्कृष्टमध्ये अधिकांस अमेरिका र वेलायतका रहेका छन् । २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालय झण्डै तीन दशक पछि आठ सय देखि हजार स्थान भित्र पुगेको हो ।

प्रकासित मिति

Loading...

 

yummyfood