1478958692 banner ad format

 
 

 30yrs

एजेन्सी - उमेर बित्दै गएपछि महिलाहरुको वजन पनि क्रमशः बढ्न थाल्छ । सन्तुलित जीवन बिताउन बेवास्ता गरे विभिन्न रोगहरुले पनि सताउन थाल्छ ।

३० वर्ष उमेर कटेपछि महिलाहरुले नियमित रुपमा आप्mनो स्वास्थ्य जाँच गराउनुपर्ने विज्ञहरुको सुझाव छ ।
रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नुअघि नै सचेत हुनु राम्रो हो । ३० कटेका महिलाहरुले यस्ता जाँच गराउनु उपयुक्त हुन्छ ।

मेमोग्रामः

पछिल्लो समय महिलामा स्तन क्यान्सरको खतरा बढ्दै गएको छ । स्तन क्यान्सर तथा ट्युमर परीक्षणका लागि विभिन्न विधि भए पनि मेमोग्राम सस्तो विधि मानिन्छ । यो विधिबाट स्तनको एक्सरे लिइन्छ । महिलामा ४० वर्ष उमेर कटिसकेपछि स्तन क्यान्सरको खतरा बढ्ने भएकाले विज्ञको सल्लाहअनुसार मेमोग्राम गराउनुपर्छ ।

प्याप स्मेयर टेस्टः

पाठेघरको क्यान्सर पत्ता लगाउने विधि हो प्याम स्मेयर । स्तन क्यान्सरपछि देखिने रोगमा पर्छ पाठेघर मुखको क्यान्सर । प्याप स्मेयर एक साधारण परीक्षण हो । प्याप स्मेयर टेष्टमा महिलाको योनीबाट निश्चित मात्रामा कोशिका निकालेर परीक्षणका लागि ल्याबमा पठाइने गरिन्छ । यो जाँच गर्दा महिलालाई कुनै प्रकारको पीडा महसुस हुँदैन । तीन दशक पार गरेका महिलाले यो टेस्ट गराउनु जरुरी छ ।

एचपीवी भाइरस टेस्टः

एचपीवी अर्थात् ह्युमन पेपिलोमा भाइरस एक निकै खतरनाक भाइरस हो । यो सबैभन्दा तीब्र रुपमा फैलने भाइरस हो । कतिपय स्थितिमा यो भाइरसबाट लाग्ने रोगको लक्षण पनि थाहा हुँदैन । प्रायजसो यौन सम्पर्कपछि यो भाइरस फैलने संभावना बढी रहन्छ ।

थाइराइड टेस्टः

अनावश्यक तौल बढ्ने बित्तिकै शरीरमा हर्मोनको असन्तुलन हुन्छ । एक अध्ययनअनुसार पुरुषभन्दा महिलामा थाइराइडको समस्या दश गुणा बढी हुन्छ । स्वास्थ्य विज्ञका अनुसार थाइराइड हर्मोन मानव शरीरका लागि आवश्यक हुन्छ । तर यसको मात्रामा गडबड भएमा यसले रोगको रुप लिनेगर्छ । थाइराइडको प्रकारअनुसार उपचार विधि पनि फरक छ । त्यसैले प्रत्येक महिलाले थाइराड हर्मोनबारे स्वास्थ्य जाँच गराउनुपर्छ ।

बोन डेन्सिटी टेस्टः

उमेरअनुसार हड्डीजन्य समस्या पनि देखापर्छन् । शरीरमा हड्डीको अवस्थाबारे पनि टेस्ट गराउन सकिन्छ । शरीरमा लाग्ने सानातिना चोटपटकले पनि हड्डी कमजोर बनाउनमा ठूलो भूमिका खेल्छन् । शरीरमा हड्डीको अवस्थाबारे थाहा पाउन बोन डेन्सिटी टेस्ट गराउनु आवश्यक छ ।

आजकाल गलत खानपानले २० वर्ष उमेर नपुग्दै महिलामा हड्डीको समस्या देखिने गरेको छ । त्यसैले सन्तुलित खानपान खानुका साथै समयमै हड्डीको अवस्थाबारे जाँच गराउनुपर्छ ।

 

 

 

 

प्रकासित मिति

Loading...