annapurna add

brazil

तस्वीर:AFP

ब्राजिलले किशोरकिशोरीलाई यौन सम्पर्क विवाहपछिको लागि जोगाएर राख्न आग्रह गरेको छ।किशोरावस्थामा गर्भधारणको उच्च दरलाई कम गर्न सरकारले त्यस्तो आग्रह गरेको हो।महिला, परिवार तथा मानवअधिकार मन्त्री दमारेस एल्भिसले ल्याएको किशोरावस्थामा यौनबाट टाढा बस्न प्रोत्साहित गर्ने कार्यक्रमको व्यावसायिक स्वास्थ्य सङ्गठनहरूले भने आलोचना गरेका छन्।

मन्त्री एल्भिस राष्ट्रपति जाइर बोल्सोनारोले समर्थन गर्ने इशाई नेता हुन् जसमाथि नागरिकमा धार्मिक अजेन्डा लाद्ने प्रयास गरेको आरोप लाग्ने गरेको छ। "आनन्दका लागि मात्र यौन खोज्नेहरूको कडा अभियान हामीले देखिरहेका छौँ।"

उनले किशोरावस्थामा हुने गर्भधारण नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी' तरिका भनेको 'कन्डम, उपकरण र गर्भनिरोधक चक्की' नभई यौनबाट अलग रहनु नै रहेको बताएकी थिइन्।ब्राजिलको सरकारी नाराले नै 'सबथोक सही समयमा' भन्छ र त्यसलाई स्थानीय भाषामा ह्यासट्यागसाथ सामाजिक सञ्जालमा प्रचार गरिएको छ।

मन्त्री एल्भिसले किशोरावस्थाको गर्भधारण र यौनरोगविरुद्ध काम गर्नका लागि उक्त अभियानलाई नयाँ प्रयास बताएकी छन्।यसले किशोरकिशोरीहरूलाई यौन सम्पर्क राख्नु अगाडि सोच्न बाध्य पार्ने उनको भनाइ छ।

सरकारले यसलाई बाध्यकारी वा नैतिक बहसको बिषय भने नबनाउने जनाएको छ।राष्ट्रपति बोल्सोनारोले यसअघि स्वास्थ्य मन्त्रालयले अभिभावकहरूका लागि बनाएको एउटा पुस्तिकाबाट महिलाको प्रजनन प्रणालीको रेखाचित्र र कन्डमको प्रयोग गर्न सिकाउने पाना च्यात्न लगाएका थिए।बिबिसी 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर