tealaya add

 

khatun

तेजाब छ्यापेर घाइते भएकी वीरगन्जकी मुस्कान खातुनको स्वास्थ्य लाभको कामना गर्दै बलिउड अभिनेता अमिताभ बच्चनले भिडियो पठाएका छन् । खातुनको उपचारमा सहयोग गरिरहेका उज्वलविक्रम थापामार्फत अमिताभले भिडियो सन्देश पठाउँदै स्वास्थ्य लाभको कामना गरेका हुन् ।

अमिताभको भिडियो सन्देश बुधबार मुस्कानलाई सुनाएको हो । भिडियोमा अमिताभले मुस्कानलाई सम्बोधन गर्दै उनीमाथि भएको घटना थाहा पाएपछि दुःख लागेको बताएका छन् । मुस्कानको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

mushkan

‘तपाईंलाई के भयो भन्ने मलाई उज्वलले बताए,’ अमिताभले भिडियोमा भनेका छन, ‘तपाईलाई जे भयो, त्यो निकै दर्दनाक हो । यस्तो घटना थाहा पाएर दुःख लाग्यो ।’ अमिताभले मुस्कानलाई हिम्मतवाली बालिकाको रुपमा बुझेको उल्लेख गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । ‘तपाईंको नाम अति सुन्दर छ,’ उनले भनेका छन्, ‘मुस्कानको अर्थ कति राम्रो हुन्छ, तपाईको अनुहारमा निरन्तर मुस्कान छाई रहोस् ।’

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर