annapurna add

hospital

इलामको सूर्योदय नगरपालिकामा १५ श्ययाको आयुर्वेद अस्पताल सञ्चालनमा आएको छ । प्रदेश नं १ सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय धनकुटाको मातहतमा सो अस्पताल सञ्चालनमा आएको हो ।

सूर्योदय नगरपालिका–११ , आइतबारेमा रहेको मेची अञ्चल आयुर्वेद औषधालय पहिलादेखि नै सञ्चालनमा आएको भए पनि स्तरोन्नति गरेर १५ श्ययाको अस्पताल बनाइएको हो । मेची अञ्चल आयुर्वेद औषधालयको सेवा विस्तार गरी १५ श्ययाको बनाइएपछि आयुर्वेद अस्पताल बनेको हो ।

प्रदेश नं १ सरकारको पहलमा स्तरोन्नति तथा सेवा विस्तार गरी इलाम, झापा, पाँचथर र ताप्लेजुङमा सेवा दिँदै आएको औषधालयलाई अस्पतालको रूपमा सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख तथा आयुर्वेदविज्ञ तीर्थ आचार्यले बताए । अस्पतालमा अहिले पञ्चकर्म सेवा, सिरोधारा, स्थानिक बस्ती क्षार सूत्र, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, इमर्जेन्सी सेवा, सःशुल्क फार्मेसी सेवा, विशेषज्ञ चिकित्सक सेवा सञ्चालनमा ल्याइएको छ ।

सरकारी क्षेत्रबाटै सुविधासम्पन्न आयुर्वेद अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन् । विभिन्न जडीबुटीको प्रशोधनबाट औषधि निर्माण गरी उक्त औषधि र विभिन्न विधिबाट बिरामीको उपचार गरिँदै आएको प्रमुख आचार्यले बताए ।

आयुर्वेदविज्ञ आचार्यले आयुर्वेदको महत्व बुझाउनका लागि सर्वसाधारणसम्म आयुर्वेद पद्धति र यसको फाइदाबारे जानकारी गराउन लागिपरेको बताए । कार्यालयमा अब २४सै घण्टा सेवा प्रदान गरिने उनले जानकारी दिए ।

कार्यालयको पाँचकोठे भवन मात्र भएकाले हाल भाडामा अन्य भवन लिएर अस्पताल र कार्यालय सञ्चालन गरिँदै आएको छ । आइतबारेमा अहिले दैनिक ३०० बढीले आयुर्वेद पद्धतिबाट उपचार गराउँदै आएका छन् ।

विसं २०३८ मा स्थापना भएको उक्त कार्यालयअन्तर्गत रहेर इलामको मङ्गलबारे, इलामबजार जमुना र एकतप्पामा सेवा सञ्चालन गरिँदै आइएको छ ।

यसकारण खानुपर्छ कालो चामल
कालो चामल युरोपेली देशमा अत्यधिक प्रयोग हुन्छ । यस्तो चामल नेपालका सुपरमार्केटहरूमा सजिलै उपलब्ध हुन्छ । र, नेपालको होटेल तथा रेस्टुरेन्टमा पनि यसको प्रयोग बढ्दै गएको छ । चीनमा पनि कालो चामलको प्रयोग अत्यधिक मात्रामा हुन्छ ।

कालो चामललाई जापान र कोरियामा सुसी बनाउन र इटालीमा रिसोटो बनाउने प्रयोजनमा प्रयोग गरिन्छ ।
यस्ता छन् कालो चामलको फाइदा

डाइबिटिजका बिरामीलाई कालो चामल निकै उपयोगी मानिन्छ ।

मुटुरोगीका लागि पनि कालो चामल लाभदायक मानिन्छ ।

यस्तो चामलमा प्रोटिन, आइरन हुने भएकाले अरूको तुलनामा बढी शक्ति प्रदान गर्छ ।

शरीरलाई सन्तुलित राख्न तथा मोटोपनालाई नियन्त्रण गर्न पनि यसको प्रयोग गर्न सकिन्छ ।

क्यान्सरका बिरामीका लागि समेत कालो चामल अत्यन्तै फाइदाजनक मानिन्छ ।

कालो चामलले विभिन्न रोगसँग लड्न सक्ने अतिरिक्त शक्तिसमेत प्रदान गर्छ ।

सिामान्यतया आधा कप पाकेको कालो चामलमा १६० क्यालोरी, १५ ग्राम चिल्लो पदार्थ, ३४ ग्राम कार्बोहाइड्रेट, २ ग्राम फाइबर, ५ ग्राम प्रोटिन र ४ प्रतिशत आइरन प्राप्त हुन्छ ।

कालो चामललाई प्राकृतिक र परम्परागत ग्लुटिन फ्री ग्रेनका रूपमा लिइन्छ । यो चामल पूर्ण रूपमा अर्गानिक तरिकाले उत्पादन गरिने भएकाले यसको साइड इफेक्ट हुँदैन ।

सिामान्य चामल तयार पार्दा यसलाई पोलिस गरी रिफाइन गरिन्छ । जुन स्वास्थ्यका लागि त्यति धेरै राम्रो मानिँदैन । यस्तो चामलको बोक्रा मात्र छिल्ने भएकाले पनि बढी स्वस्थकर मानिन्छ ।

रामपुर अस्पतालमा भिडियो एक्सरे सेवा बन्द
कालीगण्डकी बेंसी क्षेत्रका गण्डकी र प्रदेश नम्बर ५ का ४ जिल्लाका जनाताले सेवा लिने रामपुर अस्पताल पाल्पामा भिडियो एक्सरे सेवा नहुँदा सास्ती बिरामीहरुले बेहोर्नुपरेको छ । अस्पतालमा दैनिक २ सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरे पनि रेडियोलोजिष्ट चिकित्सकको अभावमा सेवा दिन नसकिएको अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले स्वीकारे ।

उनले भने, ‘अस्पतालमा भिडियो एक्सरेको पुरानो मेसिन त छ तर त्यससम्बन्धी डाक्टर नहुँदा समस्या छ, त्यससँगै डिजिटल भिडियो एक्सरे मेसिनका लागि प्रदेश नम्बर ५ को सरकारमा निवेदन पेशसमेत गरिएको छ ।’

पाल्पा जिल्लासँगै स्याङ्जा, तनहुँ, र नवलपुरका बिरामीले दैनिक सेवा लिने अस्पतालमा अस्पतालमा भिडियो एक्सरे सेवा नहुँदा बिरामीलाई भिडियो एक्सरेकै लागि पाल्पा सदरमुकाम तानसेन तथा बुटवल र पोखरा जानुपर्ने बाध्यता छ ।

रामपुर नगरपालिका वडा नम्बर १० का बोधराज भण्डारीले यस क्षेत्रको ठूलो अस्पतालमा त्यति टाढाबाट आएर सेवा लिन खोज्दा भिडियो एक्सरे सेवा नभएको बताउँदै खर्च गरेर ६५ किलोमिटर दूरी पार गरी तानसेन प्रभास जान समस्या भएको गुनाासो गरे ।

रामपुर तिलकपुरका हुमबहादुर कुमालले पनि स्वास्थ्य बिमा गराइए पनि भिडियो एक्सरेका लागि निजी क्लिनिकमा जानुपर्ने समस्या समाधानका लागि अस्पतालका सरोकार पक्षले चिकित्सकलाई टिकाइराख्ने वातावण मिलाउनुपर्ने सुझाव दिए ।

अस्पतालमा प्रशासकीय कर्मचारीसमेत नहुँदा समस्या छ । अस्पतालमा एक सुब्बा, लेखापाल र एक खरिदारको दरबन्दीसमेत खाली छ । सूचना अधिकृत कोइरालाका अनुसार अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध हुने ७० किसिमका औषधि नियमित दिने गरिएको छ । उनले प्रशासकीय कर्मचारीको अभाव भए पनि आफूले उपलब्ध भएका अस्पतालका सेवासुविधाका वारेमा निगरानी गरिराखेको बताए ।

अस्पतालमा अहिले ६ एमबीबीएस डाक्टरमध्ये ४ स्थायी र २ जना करारले सेवा दिँदै आएका छन् । अस्पतालमा अहिले ६–६ स्टाफ नर्स र अनमी, एक नर्सिङ अधिकृत, ३ एचए, ५ प्रयोगशाला कर्मचारी, २ औषधालयका तथा ५ अहेवले सेवा दिएका छन् ।

भिडियो एक्सरे तथा एक्सरे सेवा पाइने भए पनि भिडियो एक्सरेका निम्ति स्थानीय निजी मेडिकलमा जानुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् । अस्पतालमा आउने अधिकांश बिरामीले सरकारले दिनेभन्दा फरक केही औषधि चाहिए निजी क्लिनिकमा धाउनुपर्ने बाध्यता भने केही समय अगाडि अस्पताल हातामै औषधालय सञ्चालन भएपछि हटेको बताएका छन् ।

महिनामा करीब ४० जनाको हाराहारीमा सुत्केरी हुन आउने अस्पतालमा बिरामी भिडियो एक्सरेका निम्ति स्थानीय निजी क्लिनिकमा ६ सयदेख १ हजार रुपैयाँ तिर्न बाध्य छन् । यस क्षेत्रकै ठूलो अस्पतालकोको स्तरोन्नति गरी अस्पताललाई ५० शय्या बनाउनका निम्ति भवन निर्माण भइरहेकाले धेरै सेवासुविधा लिने सकिने धेरैको अपेक्षा छ ।

अस्पतालमा रामपुर नगरपालिकालगायत पाल्पाका निस्दी, पूर्वखोला र रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिका तथा नवलपुरका वौदीकाली, रकुवा र डेढगाउँ क्षेत्रका नागरिकले सेवा लिने गरेका छन् ।

गाईको दूध दहिले क्यान्सर र नपुंसकता समस्या समाधान गर्छ
हिन्दु परम्परामा गाईलाई विशेष मान्ने चलन छ । स्थानीय जातका गाईको गोरसबाट क्यान्सरजस्ता भयानक रोग ठीक हुने तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ ।

अमेरिका र युरोपेली देशमा स्थानीय गाईमाथि भएको वैज्ञानिक अनुसन्धानले क्यान्सर, क्षयरोग र मलेरिया रोग गोरसबाट निको भएको प्रमाणित गरेको हो ।

शास्त्रमा भनिएको पनि छ “शास्नादि मत्वंगोत्वं ककुद् वत्वं गोत्वं” अर्थात् जसमा माला र जुरो हुन्छ त्यो नै गाई हो । स्थानीय गाई÷गोरुमा जुरो हुन्छ । स्थानीय गाई गोरु प्राकृतिक हुन् भने जर्सी गाई गोरु कृत्रिम हुन् ।

स्थानीय गाईको दूधमा ओमेगा तीन नामक तत्व पाइन्छ जसले स्मरण शक्ति बढाउने काम गर्दछ । त्यसैगरी गाईको दूधमा पाइने सेरी ब्रोसाइड नामक तत्वले कुनै पनि खालका क्यान्सर हुन दिँदैन । गोमूत्रमा कक्र्युमिन नामक तत्व पाइन्छ जुन एन्टी क्यान्सर ड्रग हो भन्ने तथ्य वैज्ञानिकरुपमा प्रमाणित भएको छ । यसले क्यान्सर रोग लाग्नबाट समेत बचाउँछ । गौमूत्रमा अन्य २४ वटा तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यकतालाई पूर्ति गरी निरोगी बन्नका लागि सहयोग र्पुयाउँछ ।

इटालीमा प्रा जिई विंगेडले गाईको गोबरमाथि अनुसन्धान गरी क्षयरोग र मलेरियाका कीटाणुलाई मार्ने अद्भूत क्षमता हुन्छ भन्ने प्रमाणित गरेका छन् । नपुंसकता, चिड्चिडापन, मधुमेह, उच्च रक्तचाप, बाथ, किड्नी फेल (मृगौला रोग) आदि रोग आधुनिक कृषि प्रणालीका उपज हुन् ।

“गाईको गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मलको प्रयोग गरेर गरिएको खेतीबाट यस्ता रोग लाग्ने अनाज उत्पादन नहुने तथ्य बैज्ञानिकरुपमा प्रमाणित भएपछि अहिले युरोप र अमेरिकाका सहरमा अग्र्या्निक खेती गर्ने क्रम बढ्न थालेको छ,” सोमराजले भने ।

ऋषिमुनिले किन गाईको पूजा गरेर गाईको गहुँत, गोबर र दूधलाई पवित्र मानेका रहेछन् भन्ने कुरा अहिले वैज्ञानिकले अनुसन्धानबाट प्रमाणित गर्न थालेको छन् ।

गाईको गहुँतबाट १४८ प्रकारका रोगहरु ठीक हुने वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ । गाईको घ्यूले बढेको कोलेस्ट्र्रेल ठीक गराउनुका साथै मुटुरोगमा समेत लाभदायक रहेको तथ्य प्रमाणित भएको छ ।

रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट प्रमाणित गरेका छन्  । सन् २०१२ मा अमेरिकन हर्ट एसोसिएसनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीहरुमा ३१ प्रतिशतले कमी आएको आफ्नो शोधपत्रमा उल्लेख गरेको छ । इन्टरनेशनल कार्डियोलोजी भारतका अध्यक्ष डा शान्तिलाल साहले भैंसीको दूधमा लोङ्चन फ्याट बढी हुने तथ्य प्रमाणित गरेका हुन्  । जसले नशा जमेर अवरुद्ध हुँदा हृदयाघातको समस्या देखापर्छ । यसैले उनले गाईको दूध हृदय रोगीहरुका लागि वरदान सावित भएको अनुसन्धानबाट प्रमाणित गरेका छन् ।

गाईको गहुँतमा अमेरिकाले शोध अनुसन्धान गरी पाँचवटा गोमूत्रबाट बन्ने औषधीको पेटेन्ट राइट लिएको गोव्रती सोमराज बताउछन्  । भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधीको पेटेन्ट राइट लिएको छ ।

गाईको घ्यू पनि उत्तिकै औषधीय गुणले युक्त छ । गाईको घ्यूले हवन गर्दा प्रोपिलिन अक्साइड, इथिलिन अक्साइड, फारमेलडी हाइड ग्यास निस्किन्छ । प्रोपिलिन अक्साइडले वर्षा गर्न सहयोग र्पुयाउँछ भने इथिलिन अक्साइड र फारमेलडी ग्यासले पर्यावरणमा नकारात्मक असर र्पुयाउने जीवाणुलाई मारी शुद्धीकरण गर्दछ ।

महिनामा एक पटक खाए पुग्ने गर्भनिरोधक चक्की !

चिकित्साशास्त्र स्नातक तहको परीक्षा बहिष्कार, प्रश्नपत्र नै आउट

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर