tealaya add

65483811 867654620263965 8800455888641982464 n

टेकेन्द्र वोहरा / बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा रहेका बादी समुदायमा निशुल्क एक दिने स्वास्थ्य शिबिर संञ्चालन भएको छ ।


जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा बादी समुदायमा निशुल्क प्रजनन् स्वास्थ्य शिबिर संञ्चालन भएको हो ।आर्थिक अभावले उपचार गर्न जिल्ला अस्पताल सम्म पुग्न नसकेका गरीब विपन्न बादी समुदायमा निशुल्क स्वास्थ्य शिबिर संञ्चालन गरी उपचार गर्दा बादी समुदायमा खुसी छाएको छ ।

निशुल्क स्वास्थ्य शिबिर संञ्चालन गरी उपचार गर्दा बादी समुदायमा राहत भएको राधा बादीले बताइन् , उनले भनिन् राज्यले बादी बस्तीमा नै आएर हामी जस्ता विपन्न परिवारको निशुल्क उपचार गर्दा बादी समुदायका सम्पुर्ण बासिन्दाहरु हर्षित भएका छौ ।

बादी समुदायमा सञ्चालन भएको शिबिरवाट महिलाहरुको पाठेघर सम्बन्धी चेकजाँच, एआइभी परिक्षण, भिडियो एक्सरे लगायतका सेवा उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताए ।

शिबिरमा सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर शार्की, जयपृथ्वी नगरपालिका १० का वडा अध्यक्ष दल बहादुर बिष्ट लगायतको उपस्थिती रहेको थियो ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...