tealaya add

bip

झमझम पानी दर्किरहेको थियो, कोही छाता ओढेर त कोही भिज्दै लामो लाइनमा उभिइरहेका थिए, कपिलवस्तुस्थित शिवगढी नपा ३ भगवान्पुरको नेपाल राष्ट्रिय आधारभूत बिधालयको प्रोग्राम हजारौँको सङ्ख्यामा जनताहरू उपस्थित थिए ।

कुनै व्यवस्थित स्वास्थ्य चौकीजस्तो देखिएको यो व्यवस्थापन र आयोजना सहिद स्मृति प्रतिष्ठान कपिलवस्तुले गरेको हो, हरेक कक्षाकोठाहरूमा विभिन्न वार्ड र विभागहरू बनाएर शिविर सञ्चालन भने प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी निकट अखिल जनस्वास्थ्यकर्मि महासङ्घले व्यवस्थापन गरेको थियो, संयोग त के भने कपिलवस्तुमै रहेर पनि अविकसित जस्तै रहेको शिव गढी नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको गाउँ हो । कार्यक्रममा विप्लवकै पुत्र प्रकाश चन्दको विशेष भूमिका थियो, चन्द हाल अर्थ सर्जन अध्ययन गर्दै गरेका चितवन मेडिकल कलेजका विद्यार्थी पनि हुन ।

राज्यको उपस्थिति शुन्यप्राय रहेको ठाउँमा स्वास्थ्य शिविरको सञ्चालन गरेर जनतालाई थोरै भएपनी राहत महसुस गराउन खोजेको जनस्वास्थ्यकर्मी महासकको महासचिव समेत रहेका विप्लवका पुत्र प्रकाशले भने, उनले राज्यले गर्नुपर्ने काम जनस्वास्थ्यकर्मी महासकले गरेको र यसलाई निरन्तरता दिने समेत बताए ।

असार ७ र ८ गते २ दिनसम्म चलेको स्वास्थ्य शिविरमा गाईनो, बाल रोग, हाड जोर्नी, छाला तथा यौन रोग, नाक कान तथा घाटी, प्रयोगशाला लगायतका विभागहरूबाट बिरामी जाँच गरिएको थियो, पहिलो दिन १ हजार ५० जना बिरामी स्वास्थ्य जाँचको लागि आएका थिए भने दोस्रो दिन १२ सय जना बिरामीहरू चेक जाँच गरेका थिए । उपस्थित बिरामीहरूले स्वास्थ्य शिविर अझ लम्ब्याउने अनुरोध समेत गरे ।


शिविरको लागि औषधि जनस्वास्थ्यकर्मी महासकले व्यवस्थापन गरेको थियो भने डाक्टर, नर्स, सिएमए, ल्याब एसिस्टेन्ट लगायत विभिन्न रोग विशेषज्ञहरू सहित ४० जनाको स्वास्थविज्ञ समुहरुले शिविरमा चेक जाँच गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले गरेको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...