bir aspatal

गम्भीर र अकस्मात हुने स्वास्थ्य समस्याको उपचारका लागि हरेक अस्पतालमा आकस्मिक कक्ष अर्थात ‘इमरजेन्सी’ सेवा हुन्छ । तर, नेपालका ठूला अस्पतालहरुमा सञ्चालन भएका आकस्मिक कक्ष अव्यवस्थित मात्र होइन, मापदण्ड विपरित सञ्चालनमा छन् ।

नेपालकै पुरानो अस्पतालको परिचय बोकेको वीर अस्पतालको इमरजेन्सीमा ३० वटा शैया तर, दैनिक २ सय विरामी आउँछन् । आएका मध्ये ५० प्रतिशत सिकिस्त हुन्छन् । सिकिस्त बिरामीलाई भर्ना गर्न आइसीयुमा वार्ड पाउन मुस्किल छ भने इमर्जेन्सीमै पनि शैयाको अभाब छ ।

अस्पतालको आकस्मिक कक्ष व्यवस्थापन र मापदण्ड बिपरित सञ्चालन हुँदा उपचार गर्नै कठिन हुने चिकित्सकहरु बताउछन् । भर्ना गर्नु पर्ने बिरामीलाई समेत इमर्जेन्सीकै शैयामा पर्खाएर राख्नु पर्ने अवस्था छ । त्यसैले पनि अस्पतालको आकस्मिक कक्षमा भिडभाड हुन्छ । अर्कोतर्फ सरकारले आकस्मिक र प्राथमिक स्वास्थ्य सेवा निशुल्क भने पनि त्यो निशुल्क नहुने गरेको चिकित्सकहरु नै स्वीकार गर्छन् ।

त्यसो त वीरको मात्र होइन अधिकांश सरकारी अस्पतालको आकस्मिक कक्ष मापदण्ड अनुसार छैन ।

अस्पतालको आकस्मिक कक्षको मापदण्डः

–हरेक शैया ६ फिटको दुरीमा हुनुपर्छ ।
–आकस्मिक कक्षमा ट्रियाज अर्थात गम्भीर बिरामी छुट्याउने प्रणाली हुनुपर्छ ।
–आकस्मिक मेडिसिन नै अध्ययन गरेको दक्ष चिकित्सक हुनुपर्छ
–आकस्मिक कक्षमा गोपनियताका लागी विशेष कोठाहरु हुनुपर्छ
केन्द्रिय अस्पतालहरु कै आकस्मिक शैयामा मापदण्ड विपरित बिरामीलाइ कोचाकोच गरेर राखिएको छ । यसले उपचार सेवा दिन मात्र मुस्किल परेको छैन, एक बिरामीको रोग अर्को बिरामीमा सर्ने जोखिम पनि बढाएको छ । न्युज २४

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...