tealaya add

sex xxxx

‘युवक तर नातेदार देख्दा सेक्सुअल उत्तेजना किन हुँदैन? युवती तर नातेदार देख्दा सेक्सुअल फिलिङ किन हुँदैन? हुनुपर्ने नि। यसरी सोच्नु हुन्छ, यसरी सोच्नु हुँदैन। यसलाई भेट गरे हुन्छ, त्यसलाई गर्न हुँदैन भन्ने जुन सेन्स हामीमा छ, त्यो समाजको चिराले बनाएको हो। त्यसकारण प्रेममा पनि समाजका अनेक चिराको प्रभाव छ। यो पूर्ण स्वतन्त्र छैन।’

प्रेम र यौन समाजले निर्माण गरिदिने मानसिकताको चौघेराभित्र जकडिएकाले त्यो आफैँमा स्वतन्त्र छैन भन्ने समाजशास्त्री चैतन्य मिश्रको तर्कले ‘समाजले व्यक्तिको विचार निर्माण गर्छ र विचारले सम्बन्धको आयु तय गर्छ‘ भन्ने सिद्धान्तको वकालत गर्दछ।

गत वर्ष प्रणय दिवसको सन्दर्भ पारेर त्रिवि समाजशास्त्र विभागले आयोजना गरेको ‘प्रेम र समाजशास्त्र’ विषयक कार्यक्रममा मिश्रले व्यक्त गरेका माथिका तर्कले जति गम्भिर प्रश्नको उठान गर्न खोजेको छ, त्यति नै उनको कथनले विषयवस्तुको गाम्भीर्यतालाई आकार दिन कन्जुस्याइँ गरेको देखिन्छ। मिश्रका तर्कभित्र मगज उद्वेलित बनाउने प्रश्नका फेहरिस्त त छन् तर ती प्रश्नका न्यायोचित व्यख्या र विश्लेषण त्यहाँभित्र समेटिन सकेका छैनन्।

गत वर्ष नेपालखबरमा प्रकाशित लभमा लभ मात्रै छैन, चिराचिरा समाज छ र यसपालीको भ्यालेन्टाइन पादरी भन्दा कृष्ण-गोपिनीको प्रेम रसिलो लेखमा मिश्रले छुटाएका त्यही गम्भीर पाटोमाथि विवेचना गर्दै नेपाली समाजले अभ्यास गरिरहेको तर विमर्शमा नआएको विशिष्ट र विविधतापूर्ण ‘प्रेम’ को समाजशास्त्रीय पाटोमाथि ध्यानाकृष्ट गर्ने मेरो प्रयत्न हुनेछ। त्यस्तो प्रेमको श्रोत र त्यसलाई हुर्काउन भूमिका निर्वाह गर्ने तत्वहरुको खोजी यो विमर्शको सीमारेखा हुनेछ।
sex couple kantipathnews

समाज बदलियो, प्रेम बदलियो
मिश्रले फिलिप रथले १९५१ मा लेखेको एउटा उपन्यासको पात्र र त्यसले बोक्ने कथाको दृष्टान्त दिंदै त्यतिबेलाको पराश्रित अर्थतन्त्र (महिलाका निम्ति) ले कसरी ‘प्रेम’ को परिभाषा गढ्न भूमिका खेलेको थियो भन्ने उल्लेख गरेका छन्। अमेरिकी महिलाका लागि त्यतिन्जेलसम्म प्रेमको लक्ष्य ‘सुखी र धनी’ प्रेमी भेट्टाउनु हुन्थ्यो।

मिश्रले लेखेका छन्– ‘महिलाहरूले दोस्रो विश्वयुद्धपछि व्यापक स्तरमा बजारमा काम गर्न थाले। किनभने पुरुषहरू सेनामा गए। अनि स्कुल, कारखाना चलाउन मजदुरको उच्च माग भयो, यसले आर्थिक वृद्धि पनि भयो। तल्लो वर्गका महिलाहरू त पहिला पनि काम गर्थे तर मध्यम र उच्च वर्गका महिलाहरू पनि काममा जान थालेको दोस्रो विश्वयुद्धपछि नै हो।’

महिलाको आर्थिक स्वतन्त्रता सम्बन्धमा मिश्र लेख्छन्, ‘१९५० देखि ७० सम्मको समयमा उपयुक्त जीवन साथी खोज्ने प्रयास नै लभ थियो। सेक्सुआलिटीमा धेरै केन्द्रित भएको सन् १९६० मा परिवार नियोजनको साधन उपलब्ध भएपछि हो। यसकारण लभमा लभ मात्रै छैन, धेरै कुरा छ। हर्मोन छ, बायोलोजी छ, फिजिओलोजी छ तर सोसिओलोजी बलियोसँग छ।’

फिलिपले उल्लेख गरेको कालखण्डमा हाम्रा यताका पुर्खा (पहिला मगर–गुरुङ र त्यसपछि राई–लिम्बु) ले अर्थोपार्जनका निम्ति कम्ब्याट ड्रेसमा विश्व सयर प्रारम्भ गरिसकेका थिए। तिनले भित्र्याएको अर्थ–संस्कृतिले गाउँघरमा हाटहरु बढ्न शुरु गरिसकेका थिए। फिलिप रथले अमेरिकी महिलाले खोज्ने प्रेमीको जुन चित्र आफ्नो उपन्यासमा चित्रण गरेका छन्, त्योभन्दा सय वर्षअघि नै हाम्रा पहाड घरतिरका युवतीले बेलायती सेनामा लागेका तन्नेरीहरुमा दुरुस्त त्यही स्वरुप देख्ने गर्दथे। तिनले अत्तर छर्किएको छरितो कम्ब्याट ड्रेसमा पाखापखेरामा ठाँट्टिएर हिंड्ने ‘लाहुरे’ लाई आफ्नो प्रेमीको रुपमा देख्न चाहन्थे। त्यसको पछाडि एउटा प्रमुख कारण थियो–आर्थिक संरक्षकत्व।

त्यस बखतको त्यो समाज र अहिलेको समाजबीच अतुलनीय परिवर्तन आएको छ।

‘तपाईं कस्तो प्रेमी चाहनुहुन्छ?’ एउटा सार्वजनिक कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिंदै बलिउड स्टार प्रियंका चोपडाले भनिन्, ‘पैसा मसँग फालाफाल छ, मलाई माया गर्ने इमान्दार प्रेमी भएपुग्छ।’

प्रियंका चोपडाको जवाफले समग्र महिलाको आर्थिक हैसियत र आत्मविश्वासको प्रतिनिधित्व त गर्दैन तर त्यसले अहिलेका कामकाजी महिला कसरी आर्थिक रुपमा आत्मनिर्भर हुँदै गइरहेका छन् भन्ने प्रवृत्ति बुझ्न चाहिं सघाउँछ। नेपालमा पनि पुरुषमाथिको महिला परनिर्भरता खुकुलो हुँदै गैरहेको विभिन्न सूचकांकले देखाइरहेका छन्।

२०० वर्षअघि अर्थोपार्जनका निम्ति विश्वबजार चहार्न थालेका नेपाली पुरुषको पदचाप पछ्याउँदै घर बाहिर निस्कन थालेका महिलाहरुको सेवा र श्रमले विश्वबजार लाभान्वित भैरहेको आजको यथार्थ हो। हिजो घरको चौघेरामा नानी कुरेर बस्ने महिलाहरु लोग्नेलाई बालबच्चा रेखदेखको जिम्मा लगाई धमाधम विदेश उडिरहेका छन्। यो सर्वसाधारण महिलाको कुरा हो, पढेलेखेका टाठाबाठाहरुले ‘दैलो छाडेको’ त २० वर्ष अगाडिदेखि नै हो। त्यसैले हिजो ‘हुने प्रेम’ र अहिले ‘गरिने प्रेम’ ले नयाँ मानक स्थापित गरेको यथार्थ हो, परिभाषा बदलिएको सत्य हो।

पुरुषको नियन्त्रणमा रहेको दराजको तालाचाबी बिस्तारै कामकाजी महिलाको पर्सभित्र सर्दै गैरहेको अहिलेको सन्दर्भमा युवतीको प्राथमिकता ‘धनी र सुखी’ भन्दा ‘ह्याण्डसम र इमान्दार‘ प्रेमीमा आएर रोकिन थालेको छ। विभिन्न क्षेत्रका महिला सेलिब्रेटीका विचार पढ्यो भने यस्तो परिवर्तन प्रष्ट देख्न सकिन्छ। आर्थिक रुपले सबल हुदैं गैरहेका महिलाको रोजाइ र प्राथमिकता स्वाभाविक रुपमा बदलिँदै गएका छन्।

आर्थिक रुपले संरक्षकत्व नचाहिने महिलाका निम्ति ‘कमोडिटी र यौन तुष्टि’ पहिलो प्राथमिकता अनि ‘सत्ता र शक्ति’ दोश्रो रोजाई बनिदिन सक्दछन्। सत्य के पनि हो भने बजारतन्त्रको एकछत्र राज रहेको अहिलेको विश्वमा यी ‘प्रोडक्ट’ सबै बजारमा उपलब्ध छन्। नेपाली महिलाले विस्तारै ती प्रोडक्ट उपभोग गर्ने हैसियत प्राप्त गर्दै गैरहेका छन।
sex new

आइडेण्टिटी अफ लभ
‘भाइले दिदीलाई देख्दा किन हुँदैन यौन उत्तेजना? आमालाई देख्दा तन्नेरी छोरामा किन जाग्दैन सेक्स चाहना? छोरीले बाबुलाई देख्दा किन उत्पन्न हुँदैन कामेच्छा? समाजले बनाइदिएको र हाम्रो मगजमा सेट गरिदिएको नीति नियम र नैतिक बन्धनले बाँधिएका यी यस्ता प्रश्नहरु हुन्, जसमा खुल्ला विमर्श हाम्रो समाजमा लगभग वर्जित छ।

उत्पादन सम्बन्धका आधारमा आठ हजार वर्षअघि बन्न शुरु भएको परिवार नामक संस्था नियमन गर्न बनाइएका नीति नियमहरुले नै सम्बन्ध परिभाषित गर्दै आइरहेको छ। मूलत ‘नीजि सम्पत्ति’ सँग जोडिएर निर्माण गरिएको परिवारको शास्त्रीय लिपपोत त्यही बमोजिम हुँदै आएको छ। यही चेतनाका आधारमा बन्ने भत्कने सम्बन्धलाई अठारौैं शताब्दीमा पास्चर मेन्डलले अझ बढी सुत्रवद्ध गरे। मेण्डलको वंशजसम्बन्धी सिद्दान्तले ‘आफन्तबीच वैवाहिक सम्बन्ध राख्नुभन्दा टाढाको मान्छेसँगको सम्बन्धबाट तयार हुने प्रजनन राम्रो हुन्छ’ भन्ने व्याख्यालाई पछ्याउँदै पश्चिमा संसारमा सामाजिक नियम बन्दै आएको छ।

हिन्दु धर्मावलम्बीले विश्वको अमूल्य निधि ठान्ने २ हजार वर्ष पुरानो मानिएको सामाजिक दण्ड सहिंता मनुस्मृतिले ‘स्त्रीको सुरक्षाको दायित्व पिता, पति र पुत्रको’ भनेको छ। नेपाली कानुनको श्रोत समेत मानिने मनुस्मृति जस्ता नैतिक दण्ड सहिंताले महिलालाई बुवासँग कस्तो खाले प्रेम गर्ने, पतिसँग कस्तो खालको प्रित लगाउने र छोरासँग कुन प्रकारको माया गर्ने भन्ने पाठ पठाउँदै आइरहेको छ। त्यसैगरी पुरुषको मगजमा छोरी, श्रीमती र आमासँग गरिने भिन्न भिन्न प्रेमको परिभाषा भर्दै आइरहेको छ। यस्ता नैतिक र सामाजिक शिक्षाले दिने साँस्कृतिक चेतका कारण आमाको छोरासँग, बाबुको छोरीसँग ‘सेक्सुअल फिलिङ’ आउन रोकेको हो।

यस्तो चेतमा हुर्किएको एउटा बाहुन युवकलाई बहिनी पर्ने मामाको छोरीले यौनिक रुपमा आकर्षित गर्दिनन्। तर मामाकी छोरी (साली) देख्नासाथ मगर र ठकुरी तन्नेरीलाई ‘सेक्सुअल फिलिङ’ उत्पन्न हुन सक्दछ। ती बाहुन युवाको मामाको छोरीसँग प्रेम सम्बन्ध गाँसिए त्यसलाई अपराधको श्रेणीमा राखेर परिवार र समाजले दण्डित गर्छ, गर्दै आइरहेको छ। तर मामाको छोरीलाई प्रेम गर्न सामाजिक नीति नियमले स्वतन्त्रता नदिइएकोले बाहुन ठिटालाई लाग्ने दण्ड सहिंताले मगर र ठकुरी तन्नेरीलाई भने छोइरहेको हुँदैन।

बाहुन क्षेत्री समुदायमा ‘हाडनाता सम्बन्ध’ लाग्ने फुपुको छोरीसँगको प्रेमालाप तामाङ र गुरुङ युवाका लागि ‘हकदावी लाग्ने’ सम्बन्ध हुन्। त्यसैगरी लिम्बुमा वैवाहिक सम्बन्ध कायम राख्न बुबा र आमा तर्फको ४ पुस्ते थर हेरेर ‘थर नमिलेको खण्डमा’ स्वीकारोक्ति दिइने चलन र बाहुन तथा क्षेत्री समुदायमा गोत्रका आधारमा बिहेबारी चलाइने परम्पराले नेपाली प्रेम र सम्बन्धको समाजशास्त्र चलिरहेको छ।

अनेकन नीतिशास्त्र र दण्ड सहिंताले निर्माण गरेको हाम्रो सामाजिक संरचनाभित्र महिला र पुरुषले भिन्नाभिन्नै भूमिकामा एकअर्कालाई प्रेम गर्दै आइरहेका छन्। त्यसैले आफूलाई लैलामजनु, रोमियो जुलियटका अनुयायी दाबी गर्नेहरुले ‘प्रेम मनले हुन्छ मस्तिष्कले हुँदैन’, ‘माया गर्न पनि के को जातभात र धनी गरिब’ भन्ने तर्क सामाजिक संरचना विरुद्धका विद्रोही आवाज हुन्। यदि तपाईंले सामाजिक व्यवस्था मान्छु भन्ने हो भने प्रेम मस्तिष्कद्वारा नै हो, गरिने। त्यसमा जातपनि हुन्छ, भात पनि हुन्छ।

इन्टरनेटले भत्काइरहेको समाज
प्रेम सम्बन्ध वीर्यदान‘ र प्रजननमा मात्र सिमित रहेन। केटीले केटीसँग यौन समागम गरी सन्तुष्टि लिने र पुरुषले पुरुषबाट अर्ग्याजम लिने ‘लेस्वियन र गे’ समूहले समान लिंगबीचमै बिहेबारी गर्दै पारिवारिक संरचनाकोे जगमा प्रहार गर्न थालेकै धेरै भैसक्यो। विपरीत लिंगीय प्रेमसम्बन्धका परम्परागत पर्खाल भत्काउने यो संस्कृतिलाई नेपाली राज्यले समेत स्वीकारिसकेको छ।

गोरान थेरबोर्नले ‘फेमिली सिस्टम अफ द वर्ल्डः आर दे कन्भर्जिङ?‘ मा विश्वमा ७ प्रकारका पारिवारिक व्यवस्था अस्तित्वमा रहेको उल्लेख गरेका छन्। तर परिवार नामक संस्थामाथि भैरहेका यस्ता प्रहारले परम्परागत सामाजिक मूल्य र मान्यताका जग गहिरोसँग भासिँदै गैरहेको छ। आधुनिक युगको सबैभन्दा ठुलो उपलब्धि ठानिएको इन्टरनेटले यो व्यवस्था भत्काउन केन्द्रीय भूमिका खेलिरहेको देखिन्छ।

सन् २००७ देखि वेव संसारमा सेक्स भिडियोको व्यापार गरिरहेको २३ अर्ब मान्छेले चहारेको विश्वको सबैभन्दा ठूलो पोर्न साइट दावी गर्ने ‘पोर्नहब डटकम’ ले ‘पोर्न मुभी’ हेर्ने भ्यूअरहरुमाथि हरेक वर्ष गर्ने अध्ययनले चकित पार्ने परिणाम देखाउने गरेको छ। २०१६ मा विश्वभरबाट प्रत्येक दिन ६४ मिलियन र हरेक मिनेट ६५ हजार जनाले हेरेका यो साइटमा ती भ्यूअरहरुले कस्ता कस्ता ‘पोर्न मूभी’ हेर्न खोजे भनेर अनुसन्धान टिमले साइटमा राखिएका भिडियो हेर्ने भ्यूअरहरुको मानसिकतामाथि अध्ययन गरेको थियो।

२०१६ मा सबैभन्दा बढी खोजिएका शीर्ष ९ प्रकारका सेक्स भिडियो क्रमशः यसरी प्राथमिकतामा परेका थिएः लेस्वियन, सौतेनी आमा, आमा, टिन, सौतेनी बहिनी, आमा, कार्टुन।

अमेरिकामा सौतेनी आमा र छोराबीचको सेक्स भिडियो खोज्ने भ्यूअरहरु नम्बर एकमा थिए भने बेलायतमा केटी–केटीबीच फिल्माइएका लेस्वियनका यौनक्रिडा हेर्न चाहनेहरु शीर्षमा थिए। पोर्नहव सर्फ गर्ने तेश्रो ठूलो देश भारतमा भने भाउजु र देवर, शिक्षक र विद्यार्थी, भारतीय कलाकार, आन्टी र तन्नेरी युवा तथा आमा छोराबीच फिल्माइएका भिडियो खोज्नेहरुको संख्या बढी थियो।

यी भिडियो चहार्नेमा १८ देखि २४ वर्ष उमेर समूहका सबैभन्दा बढी (३१ प्रतिशत) थिए भने २५ देखि ३४ वर्ष उमेर समूह दोश्रो (२९ प्रतिशत) नम्बरमा थिए। ३५ देखि ४४ वर्ष (१७ प्रतिशत) उमेर समूहका पनि उल्लेख्य संख्यामा थिए। पोर्नहव चहार्ने महिला (२६ प्रतिशत) को तुलनामा पुरुषहरुको संख्या (७४ प्रतिशत) अत्यन्त ठूलो थियो।

महिलाले सबैभन्दा बढी खोजेका भिडियो सूची पनि रोचक नै देखिन्छ। तिनले सबैभन्दा बढी लेस्वियन सेक्स खोजेका छन् भने त्यसपछि थ्रीसम (३ जनाबीच हुने यौनकर्म) हेर्न खोजेका छन्। ती महिलाले अश्वेतसँगको यौन क्रिडा, सौतेला बाउ र छोरीबीचको सेक्स र ग्रुप सेक्स पनि उत्तिकै प्राथमिकताका साथ सर्च गरेका छन्।

यसका थुप्रा आयाममाथि अध्ययन र छलफल हुन सक्लान्। तर यो प्रवृत्तिले दिएको प्रष्ट सन्देश के हो भने हाम्रा परम्परागत सामाजिक मान्यताहरुको स्खलन सोचेभन्दा द्रुतगतिमा भैरहेको छ। इन्टरनेटले परम्परागत सामाजिक संरचना भत्काउन संगठित हुँदै गैरहेका साँस्कृतिक समूहलाई बलियो बनाउँदै लगिरहेको छ। करिब करिब हरेकको हातमा स्मार्टफोन, घर घरमा इन्टरनेटको पहुँच र विकसित देशसँग प्रत्यक्ष र भर्चुअल संवाद गरिरहेको नेपाली समाज पनि यो अभियानमा प्रत्यक्ष परोक्ष संलग्न हुन थालेको छ।

महिला पुर्नस्थापना केन्द्र (ओरेक) मा गत वर्ष दर्ता भएका बलात्कार सम्बन्धी १४४ वटा घटनाका पीडितमध्ये १६ वर्ष मुनिका किशोरीहरु ७३ जना थिए, जसमध्ये ६६ प्रतिशत बालिकामाथि झम्टने त आफन्तजन नै थिए। नेपाल प्रहरीसँग रहेको देशभरीको ७ वर्ष (२०६७ फागुन ३ देखि २०७४ साउन २ गते सम्म) को बलात्कार सम्बन्धी ९९७ वटा रिपोर्टमा समेटिएका यौन दुर्व्यवहार गर्ने अभियुक्तहरु आफन्त मात्र छैनन् कतिपयका दुर्व्यवहार अप्राकृतिक र हिंस्रक पनि देखिन्छन्।

ओरेक र प्रहरी रेकर्डले सामाजिक संरचनाले संरक्षक ठान्ने पिता, पति, प्रेमी, दाजु–भाइ, शिक्षक र साथीबाटै महिलाहरु बलात्कृत भएको देखाउँछन्। हजारौं वर्षदेखि नीति नियम र दण्ड सहिंताले बाँध्दाबाँध्दै पनि महिलाहरु आफन्तबाटै झन् बढी किन असुरक्षित हुँदै गएका हुन्? यसरी कामातुर बनाउने कारकतत्व के के हुन्?

नेपालमा यसको मानवशास्त्र र समाजशास्त्रीय अध्ययन भएको छैन। तर शास्त्रका ब्रम्हा छोरी सरस्वतीको रुपले कामातुर भएर उनीमाथि झम्टिन पुगे झैं आधुनिक ब्रम्हालाई ‘इन्टरनेट पोषित’ सामग्रीले त्यतिकै बढी कामातुर बनाइरहेको त होइन? आशा छ, चैतन्य मिश्र जस्ता नेपाल बुझेका समाजशास्त्रीहरुले यस्ता प्रश्नको समुचित जवाफ खोतल्ने प्रयास गर्ने नै छन्।स्रोत नेपाल खबर

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...