annapurna add

shixaa dad

कोरोना महामारीबीच सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा डरलाग्दो तरिकाले अनियमितता भएको खुलेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा परीक्षा हलमा खिचिएको २६ सेकेन्डको सो भिडियोमा विद्यार्थीहरु मोबाइलको स्क्रीन हेर्दै उत्तर लेखिरहेको देख्न सकिन्छ ।

परीक्षा हलमा विद्यार्थी भन्दा अरु कोही निरीक्षक पनि छैनन । भिडियो खिच्ने विद्यार्थीले अरुलाई देखाउँदै आफुले पनि त्यसरी नै परीक्षा सिध्याएको बताइरहेका छन् । यो भिडियो सामाजिक सञ्जाल फेसबुक र टिकटकमा अहिले भाइरल भइरहेको छ । आज भएको फिजिक्सको प्रश्नपत्र पनि बाहिरिएको भन्ने हल्ला चलेकै बीच पर्सि हुने केमेष्ट्रीको प्रश्नपत्र आजै सार्वजनिक भएको हल्ला सहित नमुना प्रश्नपत्र आऊट भएको छ । ३० पुर्णाङ्क लेखिएको प्रश्नपत्रमा २० अंकको प्रश्न मात्र देख्न सकिन्छ  ।

कान्तिपथले उक्त प्रश्नपत्र 'शिक्षा' नाम गरेको फेसबुक पेजमा फेला पारेको हो । यस सम्बन्धमा कान्तिपथले नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरलाई जानकारी गराएको छ ।

127067599 835580823883476 4789933386164106390 n

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...