1478958692 banner ad format

 
 

भक्तपुर - कक्षा ११ को परीक्षा असार ८ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षाको नयाँ मिति तय गरेको हो ।

Class 11 exams min

यस अघि बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा पहिलो चरणको निर्वाचनको समयमै परेपछि असार १ गते बाट गर्ने गरी सारिएको थियो । तर जेठ ३१ गते दोश्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयले सारिएको मिति फेरि परिवर्तन गरिएको हो ।

पहिलो २ - ३ वटा परीक्षालाइृ मात्रै पछि सारेर अरु यथावत गर्ने विकल्पमा समेत छलफल भएपनि बोर्डले असार ८ गते गर्ने निर्णय गरेको हो ।

'देशको विशेष परिस्थितीका कारण मिति परिवर्तन गर्नु परेको हो, तोकिएको मितिमा सफलतापूर्वक परीक्षा सम्पन्न गर्न बोर्ड तयार छ' नियन्त्रक डम्बर कुमार बतासले भने ।

यस अघि कक्षा १२ को परीक्षा ब्यवस्थित गर्न नसकेको भन्दै नियन्त्रक सन्तोष अर्याललाई पदमुक्त गरेर बतासलाई जिम्मेवारी दिईएको हो । उनका सामू परीक्षा ब्यवस्थि तगर्ने काम चुनौती पूर्ण छ ।  

रुटिन हेर्नुहोस् :

 

प्रकासित मिति

Loading...

 

yummyfood