annapurna add

corona covra

महामारीको रुप लिएको उहान कोरोना भाइरसको मुख्य कारण सर्प (चाइनिज कोब्रा) रहेको हुन सक्ने एक अध्ययनले उल्लेख गरेको छ। चाइनिज क्रेइट र चाइनिज कोब्रा जातका सर्पबाट यो रोगको संक्रमण सुरू भएको हालै गरिएको एक अध्ययनले देखाएको हो।

श्वासप्रश्वासमा समस्या सिर्जना गर्ने कोरोना भाइरसका कारण चीनमा मात्र १७ काे मृत्यु भइसकेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्।

भाइरोलोजिस्ट (भाइरलको उपचार गर्ने चिकित्सक तथा वैज्ञानिक) र जर्नल इडिटरको समूहले यो तथ्य बाहिर ल्याएको हो। 'हामीले कोरोनाका बारेमा नजिकबाट अध्ययन गरिरहेका छौं। यो भाइरसबारे धेरै प्रश्न अनुत्तरित नै छन्,' सो अध्ययनमा भनिएको छ।

संक्रमित बिरामीबाट संकलन गरिएका स्याम्पलको अध्ययनबाट चीनका वैज्ञानिकहरू यो निष्कर्षमा पुगेको बताइएको छ।

कोरोना भाइरस पनि सार्स र मर्स फैलाउने भाइरस समूहकै भएको समेत सो अध्ययनले उल्लेख गरेको छ। विगत १७ गर्ष अघि सार्स र मर्सले सयौं मानिसको ज्यान लिएको थियो। सन् २०१९ मा मात्र विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस पत्ता लागेको उल्लेख गरेको छ।

चीनमा कोरोना भाइरसको संक्रमण थप बढ्न नदिन स्थानीय सहरले यातायात व्यवस्थामा सावधानी अपनाउन थालेका छन्। मध्य तथा दक्षिणी चीन तथा दक्षिण एसियामा पाइने ताइवानी क्रेइट, चाइनिज क्रेइट चाइनिज कोब्रा एक विषालु प्रजातिको सर्प हो।

सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको संक्रमण भएका बिरामी चीनको उहानमा पहिलोपटक देखिएका थिए। यसपछि तीव्र रुपमा यसको संक्रमण फैलँदै आएको छ। हाल अमेरिकालगायत ४ भन्दा बढी देशमा यसका बिरामी देखा परिसकेका छन्। थाइल्यान्ड र दक्षिण कोरियामा पनि यसका बिरामी फेला परिसकेका छन्। हालसम्म ४ सय ४० जना यसबाट संक्रमित भएका छन्।

कोरोना भाइरसको जोखिममा नेपाल पनि रहेको छ। जेखिम बढेसंगै सरकारले सर्तकता बढाएको बताएको छ। श्वासप्रश्वासको माध्यमबाट सर्ने कोरोना भाइरसको संक्रमण नेपालमा हालसम्म देखिएको पुष्टि भएको छैन।

कोरोना भाइरसको लक्षण
कोरोना भाइरसले संक्रमण गर्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने लक्षण देखिन्छ। यसको लक्षण फ्लुसंग मिल्दोजुल्दो हुन्छ, त्यसैले रुघाखोकी लागेका व्यक्तिबाट सतर्क रहनुपर्छ।

जोगिन के गर्ने?
श्वासप्रस्वासको माध्यमबाट सर्ने भएकाले यो संक्रमणबाट जोगिन सकेसम्म भिडभाडमा जानु हुँदैन। भिडभाडमा जानै परेमा मास्कको प्रयोग गर्ने । व्यक्तिगत सरसफाइमा पनि ध्यान दिन आवश्यक छ। साबुनपानीले हात धुने, राम्रोसँग पकाएर मात्र खानेकुरा खाने कुरामा ध्यान दिन आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले सुझाब दिएको छ।

हालसम्म यसको कुनै पनि भ्याक्सिन पत्ता लागि नसकेकाले पनि उच्च सावधानी अपनाउनुपर्ने आवश्यकता छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर