annapurna add

coronavirusनेपालभर कोरोना भाइरसको त्रास भईरहेका बेला थप एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। चीनबाट फर्किएका दुई नेपालीमध्ये एक जनामा संक्रमण पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल स्रोतले जनाएको छ।

चीनबाट फर्किएका एक महिला र पुरुषमा कोरोना भाइरसको आशंका गरिएको थियो। परीक्षणका लागि हङकङ पठाइएका नुमनामध्ये ४८ वर्षीय महिलामा कोरोना भाइरस पुष्टि भएको र २८ वर्षीय पुरुषमा भने कोरोना भाइरसको संक्रमण नभेटिएको अस्पतालले जनाएको छ। योसंगै नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या दुई पुगेको छ।

कोरोना भाइरसको लक्षण
कोरोना भाइरसले संक्रमण गर्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने लक्षण देखिन्छ। यसको लक्षण फ्लुसंग मिल्दोजुल्दो हुन्छ, त्यसैले रुघाखोकी लागेका व्यक्तिबाट सतर्क रहनुपर्छ।

जोगिन के गर्ने?
श्वासप्रस्वासको माध्यमबाट सर्ने भएकाले यो संक्रमणबाट जोगिन सकेसम्म भिडभाडमा जानु हुँदैन। भिडभाडमा जानै परेमा मास्कको प्रयोग गर्ने । व्यक्तिगत सरसफाइमा पनि ध्यान दिन आवश्यक छ। साबुनपानीले हात धुने, राम्रोसँग पकाएर मात्र खानेकुरा खाने कुरामा ध्यान दिन आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले सुझाब दिएको छ। हालसम्म यसको कुनै पनि भ्याक्सिन पत्ता लागि नसकेकाले पनि उच्च सावधानी अपनाउनुपर्ने आवश्यकता छ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर