tealaya add

 

dang

काठमान्डौ । चिकित्सकको लापरवाहीका कारण फेरी एक महिलाको मृत्यु भएको छ । पखाला र ज्वरोका कारण बिरामी परेकी बंगलाचुली गाउँपालिका ७ सिरुखर्ककी ४९ वर्षीया भिमी साढुको सोमबार दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

शनिबार प्रतिष्ठानको आकष्मिक कक्षमा भर्ना गरिएको साढुको आइतबार दिँउसोसम्म स्वास्थ्यमा सुधार आएको अस्पतालले बताएको थियो । राति १ बजेबाट साढुको पिसाब रोकिएर छटपटाउन थालेको मृतकका श्रीमान टिकाराम साढुले बताए । मृतकको शव अस्पतालको जनरल वार्डबाट उठाइएको छैन् । अस्पतालले मृतकका आफन्तलाई मृत्युको कारणबारे खुलाएको छैन् ।

यता प्रतिष्ठानका फिजिसियन डा. जितनारायण यादवले आइतबार दिँउसोसम्म बिरामीमा सुधार हुँदै गएको र साँझ आफ्नो डयुटी नभएका कारण मृत्युबारे आफुले केही भन्न नसक्ने बताए ।घटनापछि प्रतिष्ठान परिसरमा प्रहरी परिचालन गरिएको छ । मृत्युलाई लिएर कुनै किसिमको आन्दोलन गर्न नदिने प्रहरीले जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर